१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

रुबी भेट्न रवि पुगे माइतीघर, यस्तो छ रुबी धर्ना बस्नुको कारण



काठमाडौँ । निर्मला कुर्मी हत्या प्रकरण र शारीरिक बन्धक बनाई बेपत्ता पारिएकी नन्कुन्नी धोवीको मुद्दाको प्रभावकारी अनुसन्धानको माग गर्दै रिले अनशनमा बसेकी नेपालगन्जकी अभियन्ता रुबी खानलाई भेट्न गृहमन्त्री रवि लामिछाने माइतीघर पुगेका छन् । शनिबार लामिछाने खान धर्ना बसिरहेको स्थान माइतीघरमा पुगेका हुन् ।

रुबीलाई भेटेर गृहमन्त्री लामिछानेले सरकार पीडितलाई न्याय दिन प्रतिबद्ध रहेको भन्दै धर्ना छाड्न आग्रह गरेका छन् । उनले यो प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईसी) लाई फेरि अनुसन्धान गर्न लगाइने भन्दै धर्नामा बसेर मात्रै समास्या समाधान नहुने बताएका थिए । उनले रुबीसँग सीआईबीको टोलीलाई सघाउन आग्रह समेत गरेका थिए ।

रुविसहित १५ जना यसअघि १ असोजमा २० दिनको न्याय मार्च गर्दै नेपालगन्जबाट पैडेल हिँडेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन काठमाडौं पुगेका थिए । निर्मला कुर्मीको हत्या र नन्कुन्नी धोवीलाई शारीरिक बन्धक बनाई बेपत्ता पारिएको भन्दै स्थानीय प्रशासनले सुनवाइ नगरेको आरोपित कांग्रेस नेता बादशाह कुर्मीलाई प्रदेशसभा सदस्यको सपथ खुवाईएको र अनुसन्धानबाट स्थानीय प्रशासन पछि हटेको भन्दै रुबी खान सहितको टोली तेस्रो पटक माइतीघरमा धर्ना बस्दै आएका छन् ।

बाँकेकी एकल महिला निर्मला धोबीको अपहरण सरिर बन्धक तथा हत्या सम्बन्धि मुद्दा तथा बाँकेकै नन्कुर्नी धोबीको मृत्युका सम्बन्धका सत्य तथ्य बुझ्न अघिल्लो वर्ष गृहमन्त्रालयले बनाएको समितिले घटनाको थप अनुसन्धान आवश्यक रहेको प्रतिबेदन बुझाएपनि प्रहरीले बेवास्ता गरेको रुबीको भनाई छ ।

घटना १
एकल महिलाको नाममा रहेको ४ बिगाहा बढी जमिन हडप्नकै लागि तत्कालिन सत्तारुढ दलका सांसद देखि भूमाफियाको संलग्नतामा ती महिलालाई सार्वजनिक स्थानमा कुटपिट गर्ने देखि जवर्जस्ती बिबाह गरिदिने र सामुहिक बलात्कार गर्ने जस्ता कार्य गरिएपनि प्रहरी र न्यायालयबाट न्याय नपाएको भन्दै रुबी सहितको टोलि राजधानी पुगेको रुबीले बताउँदै आएकी छिन् ।

निर्मला कुर्मीको ‘नाममा रहेको नेपालगन्ज–१७ परस्पुरमा ४ बिघा १३ कट्ठा जमिन नै निर्मलाको घर उजाड्ने र उनको मृत्युको कारण बनेको रुबी खान सहितको अधिकारकर्मिहरुले बताउँदै आएका छन् ।

प्रहरीको भाषामा भारतमा मृत्यु भएको भनिएकी निर्मला संविधानसभा सदस्य तथा काँग्रेस बाँकेका नेता बादशाह कुर्मीबाट पिटिएको समाचार १२ वर्ष पहिले नै सार्वजनिक भएको थियो । सम्पत्ति हडप्न कै लागि सांसदले एकल महिलामाथि हातपात गरेको समाचार आएपछि केहि महिना त्यतिबेला अधिकारकर्मीहरुले आवाज पनि उठाएका थिए । न्यायका लागि आवाज उठेपछि केहि समय साथी संस्थाको आश्रयस्थलमा राखेर बादशाहले उनीबाट लिएको कागजपत्र अधिकारकर्मीको रोहबरमा फिर्ता गर्दै आगामी दिनमा उनीमाथि कुनै धरपकड नगर्ने सर्तमा निर्मलालाई घर पठाइएको थियो ।

प्रहरीकोमा मिलापत्र गरेको केहि दिन अघि मात्र दुई महिनाको अन्तरालमा निर्मलाका दुई छोराको ‘मृत्यु’ भएको थियो, त्यसको केही समयअघि मात्र उनका श्रीमान्को पनि निधन भएको थियो । छोटो अवधिमा कालगतिले परिवारका तीन हट्टाकट्टा पुरुष सदस्यको मृत्यु हुनु र लगत्तै एकल महिला निर्मलालाई पनि तत्कालीन सांसदले पिटेको समाचार आएपछि निर्मला र बादशाहको सम्बन्धका विषयमा पनि तत्काल धेरै प्रश्नहरु उठेका थिए ।

परिवारका सदस्य गुमाए पनि निर्मलाको सम्पत्ति पर्याप्त थियो । सम्पत्ति संरक्षण गरिदिन भन्दै तत्कालीन सभासद बादशाहले लालपुर्जा लगिदिएको र फिर्ता माग्दा कुटेको समाचार आएको थियो । त्यतिनै बेला कर्मीले निर्मला एकल महिला भएको र उनीसँग धेरै जमिन रहेका कारण त्यसमाथि अरूको आँखा नलागोस् भनेर संरक्षण गर्न खोज्दा अधिकारकर्मीहरूले उल्टो हल्ला फिँजाएको सांसद कुर्मिले प्रतिक्रिया दिएका थिए ।

निर्मला एकाएक हराएपछि रुबी खान संयोजक रहेको ‘राष्ट्रिय महिला अधिकार मञ्च’ ले खोजबिन शुरु गरेको थियो । तर कतै पत्तो नलागेपछि आफन्तको पहलमा मञ्चले गत मंसिर १६ मा प्रहरीलाई जाहेरी दिएको थियो । तर प्रहरीले बेवास्ता गरेपछि चैत २० मा सरकारी वकिल कार्यालय बाँकेमार्फत जिल्ला अदालतमा सोझै मुद्दा दायर गरिएको थियो ।

अहिले आफन्त र अधिकारकर्मीको आन्दोलन काठमाडौं पुगेपछि प्रहरीले निर्मलाको भारतमा बिहा भएको र उनको मृत्यु उतै भइसकेको दाबी गरेको छ । निर्मला प्रकरण खोज्न भारत पुगेको बाँके प्रहरीले भारतीय प्रशासनमा रहेको मृत्यु दर्ता, बिबाह भएको भनिएका निर्मलाको श्रीमान र घटनास्थल भनिएको स्थानमा अनुसन्धान गर्दा निर्मलाको कालगतीबाटै मृत्यु भएको ठहर गरेको छ ।

आन्दोलनरत रुबी सहितको समुहले निर्मलाको सबै जग्गा पहिला पार्वती विष्टको नाममा गएको र त्यसपछि रमेश थापाकी श्रीमती रत्न थापाका नाममा पास भएको बताएको छ । महिला अधिकार मञ्चका अनुसार निर्मलाबाट पार्वतीले जग्गा लिएको देखाइएको छ । तर विष्टले थापाबाट तमसुक गरेर लिएको पैसा तिर्न नसकेपछि अदालतमार्फत जग्गा दिलाएको देखिन्छ । प्रक्रिया पुर्‍याउन मालपोतकै केही कर्मचारी खजुरा रोडस्थित थापाको प्लाइउड फ्याक्ट्रीमा गएर पास गरेको सोही संंस्था आवद्ध मोहम्मद शेर बागवान बताउँछन् ।

प्रहरीले भारतमा बिबाह गरेको भनिएका पतिअर्जुन कुर्मीले समेत निर्मला र आफूलाई बन्धक बनाएर रमेशले किर्ते कागज गरी निर्मलाको जग्गा हडपेको खुलासा गरेका छन् ।

‘तिमीहरूको जग्गा गडबड भएको छ, मिलाउन तिमीहरूलाई यहाँ राखेका हौं, २र३ महिनापछि सबै काम हुन्छ’ भन्दै २० हजार दिएर भारतको अयोध्या घुम्न पठाइएको अर्जुनले बताएका छन् । घुमेर आउँदा निर्मला कुर्मीको सबै जग्ग्गा भुmक्याएर रमेशले आफ्नो नाममा पास गराएको अर्जुनले प्रहरीको बयानमा खुलाएका छन् ।

आन्दोलनमा सहभागि राहुल शेषका अनुसार निर्मलाको नाममा रहेको जग्गा विभिन्न षड्यन्त्र गरेर २०६९ भदौ ७ मा बर्दिया धधवार–४ घर भई नेपालगन्ज परस्पुर बस्ने पार्वती विष्टको नाममा पास गरिएको थियो ।

निर्मलाको नामको केही जग्गा पार्वती विष्टको नाममा आइसकेपछि पार्वती विष्टले रमेश थापाकी श्रीमती रत्न थापाबाट पटक–पटक ठूलो रकम तमसुक गरी लगेको र उक्त तमसुकबमोजिमको रकम नतिरेकाले उक्त बिगोबमोजिमको रकम असुलउपर गराउन मुद्दा हालिएको थियो । जिल्ला अदालत बाँकेले २०७३ भदौ २० मा विष्टले पैसा तिर्न नसकेकाले उनको नाममा रहेको जग्गा थापाको नाममा सार्ने फैसला गरेको थियो । यसरी निर्मलाको जग्गा थापाको नाममा पक्का बनाउन अदालतबाटै घुमाउरो फैसला गरिएको थियो । उक्त फैसलालाई आधार मानेर ४ बिघा १० कट्ठा जग्गा ९७ लाख १३ हजार रुपैयाँमा लिलाम प्रक्रियामा लगेको देखिन्छ ।

धनसम्पत्तिका लागि निर्मलाको अपहरण गरी हत्या गरेको आरोपमा बादशाह कुर्मी, रमेश थापाकी श्रीमती रत्न थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, कुँवर बब्बन सिंह, उर्मिला कनौजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंहका नाममा जिल्ला अदालतमा बाँकेस्थित महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालको तर्फबाट मुद्दा दायर गरिएको छ ।

बादशाह गत स्थानीय तह निर्वाचनमा बाँके २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनको अनशन रोक्न प्रदेश प्मुख अमिक शेरचनलाई समेत रुबीको समुहले आग्रह गरेका थिए ।

घटना २

बाँकेको जानकी गाउँपालिका–२ नेवाजी गाउँकी ४० वर्षीया नन्कुन्नी धोबी गत साउनमा आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परिन् । प्रहरीले घटनालाई आत्महत्या भन्यो । तर माइती मान्न तयार भएन । पटकपटक धाउँदा पनि प्रहरीले वास्ता नगरेपछि सिंगो परिवार जिल्ला प्रशासन कार्यालयमा धर्नामा बस्यो । अधिकारकर्मीले पनि साथ दिए ।

प्रहरी अनुसन्धानले नन्कुन्नीले आत्महत्या गरेको भने पनि अधिकारर्मीले हत्या भएको दाबी गर्दै जाहेरी दिए । स्थानीय प्रशासनबाट न्याय पाउन ढिलासुस्ती भएपछि पीडित परिवारले अधिकारकर्मीसहित न्याय माग्न काठमाडौंका लागि पैदलयात्रा सुरु गरे । अहिले मृतकका श्रीमान् र जेठाजुलाई अदालतले पुर्पक्षका लागि थुनामा राखेको छ ।

परिवारकै सल्लाहमा नन्कुन्नीले सात वर्षअघि रामकुमार धोबीसँग विवाह गरेकी थिइन् । तर सन्तान नभएको भन्दै श्रीमान् झगडा गर्थे । हिंसाबाट बच्न उनी बारम्बार माइतीको सहारा लिन पुग्थिन् । गुहार माग्न सामाजिक संघसंस्थामा समेत पुग्थिन् । एकपटक गाउँपालिकास्थित प्रहरी चौकीमा पुगेर मिलापत्रमा झगडा टुंग्याएको प्रहरी रेकर्डमा देखिएको छ ।

झगडा थोरै साम्य भएपछि नन्कुन्नी घर फर्किन्थिन् । झगडा भए माइती जान्थिन् । तर गत साउन ५ मा उनले माइत जाने मौका पाइनन् । त्यो दिन नन्कुन्नी घरमै झुन्डिएको अवस्थामा भेटिइन् । उनको परिवारकै सदस्यहरुले हत्या गरेर भुण्ड्याएको माइती पक्षले आरोप लगाउँदै आएको छ ।

नन्कुन्नीका आफन्तले उनका श्रीमान्ले घरमा हत्या गरेको किटानीसहित जिल्ला प्रशासन र प्रहरी कार्यालयमा उजुरी गरेका थिए । तर प्रहरीले आत्महत्या नै भएको भन्दै सो जाहेरी दर्ता गर्न नमानेको पिडित पक्षको गुनासो छ ।

उता प्रहरीले नन्कुन्नीको पोस्टमार्टम रिपोर्टमा आत्महत्या देखिएकाले ज्यान मुद्दा दर्ता हुने अवस्था नरहेको बताएको छ ।

प्रहरीले घटनास्थलमा गरेको मुचुल्कामा पनि मृतक झुण्डीएको कोठाको सबैतिरबाट ढोका बन्द रहेको र घटना घटाएर बाहिर निस्कने सम्भावना नरहेको उल्लेख गरेका कारण हत्या पुष्टि हुने आधार नभेटिएको प्रहरीको भनाई छ । प्रहरीले घरेलु हिँसाका कारण आत्महत्या गर्न दुरुत्साहन गरेको भने हुन सक्ने बताउदै आएको छ ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ३ : ०९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम