५ पुस २०८२, शनिबार | December 20, 2025

असाधारण विश्वास प्राप्त गर्दा राष्ट्रिय सहमतिको सरकार बनेको अनुभूति गरेको छु : प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुलाई असाधारण विश्वास प्राप्त भएको बताएका छन् ।

गोरखाका कम्युनिष्ट नेता भुवनप्रसाद श्रेष्ठको जीवन दस्तावेज कम्युनिष्ट आन्दोलनका प्रेरक ‘भुवन दाइ’ पुस्तक विमोचन गर्दै प्रधानमन्त्री प्रचण्डले को ४४ औँ प्रधानमन्त्रीको रुपमा प्रतिनिधिसभामा आफूलाई असाधारण विश्वास प्राप्त भएको बताएका हुन् ।

प्रचण्ड यो विश्वासलाई आफुले राष्ट्रिय सहमतिको अर्थमा बुझेको जिकिर गर्दै यसलाई गौरव र चुनौती दुवैरुपमा लिएको बताए । प्रचण्डले भने, ‘विश्वासको मत लिँदा यस्तो असाधारण परिस्थिति बन्यो कि मैले संसद्मा असाधारण विश्वास पाएको छु,’ यसलाई मैले त राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्रीको रुपमा आफूलाई अनुभूति गरेको छु ।’

प्रचण्डले ४६ वर्षपछि आफु गोरखाको जनप्रतिनिधिको रुपमा प्रधानमन्त्री बन्न पाएको बताए । भुवन श्रेष्ठको पुस्ताकमा प्रचण्डले शिक्षकको रुपमा गोरखामा बिताएको समयको संस्मरण उल्लेख गरिएको ।

प्रधानमन्त्री प्रचण्डले गोरखाको विकासमा विशेष ध्यान दिने प्रतिवद्धता जनाए । उनले भने, ‘गोरखाकै जनप्रतिनिधिको रुपमा निर्वाचित भएर देशको प्रधानमन्त्री बनेको छु । अब यहाँको बुढीगण्डकी जलविद्युत्‌देखि बेनीघाट–आरुघाट सडकको कुरा होस् या अरु विकासको कुरा होस् । यी कुराहरूमा मेरो विशेष ध्यान छ । मैले यहाँको जनप्रतिनिधि नहुँदा पनि यी विषयमा मेरो ध्यान थियो, अब त झन् हुन्छ । गोरखामा मेरो जिम्मेवारी बढेको छ र सहयोग रहन्छ।’

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ३ : ५९ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा