२ श्रावण २०८३, शनिबार | July 19, 2026

माओवादीका कृष्ण धिताल गण्डकीको सभामुखमा निर्वाचित



पोखरा । नेकपा माओवादी केन्द्रका कृष्ण धिताल गण्डकी प्रदेशको सभामुखमा निर्वाचित भएका छन्।

शनिबार बसेको प्रदेशसभा बैठकमा भएको मतदानमा धितालले ३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

धिताललाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ सांसदले मतदान गरे । ५८ जना सांसद उपस्थित सभामा स्वतन्त्र सांसद दीपक मनाङेले पनि धिताललाई समर्थन गरेपछि उनको पक्षमा ३२ मत परेको थियो ।

कांग्रेसको तर्फबाट सरस्वती अर्यालले पनि उम्मेदवारी दिएकी थिइन । तर, सुरुमै धिताल निर्वाचित भएपछि अर्यालको उम्मेदवारीमाथि मत विभाजन गर्नु नै परेन ।

यसअघि शुक्रबार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिँदा ३१ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ४ : ४८ बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल