५ श्रावण २०८३, मंगलबार | July 21, 2026

२८५९ औ सोनाम ल्होसार सप्ताहब्यापी कार्यक्रम गरि मनाउने तयारी



बुटवल । कोभिड संक्रमणको कारण दुई वर्ष नया वर्ष मनाउन नसकेका रुपन्देहीका तामाङहरुले यो वर्ष २८५९ औ सोनाम ल्होसार भब्य रुपमा मनाउने भएका छन ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, रुपन्देहीले सप्ताहब्यापी कार्यक्रम गरि मनाउने भएको हो । सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि कार्यक्रम अन्तरगत माघ ४ गते रक्तदान, माघ ६ पुष्पलाल पार्कमा दिप प्रज्वलन, ८ गते पुष्पलाल पार्कदेखि शान्तिपद यात्रा, तामाङ पुजासंगै शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाउने जिल्ला अध्यक्ष राजेश घिसिङले बताए ।

कार्यक्रममा घेदुङका केन्द्रीय सदस्य विरबहादुर लामाले सबै जातिको आआफनै ईतिहास भएको भन्दै त्यसमा पनि तामाङहरु उत्कृष्ट र वैज्ञानिक संस्कृति, रितिरिवाज अप्नाउने जातिमा पर्ने दाबी गरे ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका प्रदेश अध्यक्ष विरमान लामाले तामाङहरुको घरमा झण्डा राखेर पहिचान दिने, भाषा, संस्कृति संरक्षण गर्ने जस्ता कामहरु हुँदै आएको उनले बताए । लामोसमयको अन्तरालमा तामाङ जातिहरु आफनो मुल धर्म बुद्ध धर्म छोडेर बोन धर्मतर्फ आकर्षित हुदा केही समस्या उत्पन्न भएको उनले बताए । पछिल्लोसमय अधिकाशहरु पुरानै धर्ममा फर्किएको उनले बताए ।

कार्यक्रममा पुर्वअध्यक्ष कृष्ण बहादुर मोक्तानले दुई वर्ष कोभिड १९ संक्रमणकै कारण रोकिएको बताए । नेपालमा आफनै संस्कार, संस्कृति र पहिचान भएको तामाङहरु जातिगत एकता नभई संस्कार संस्कृति अप्नाउन कठिन भएको बेला स्थापना भएको उनले बताए ।

कार्यक्रममा प्रदेश सचिव सम्भु मोक्तान, युवा अध्यक्ष हसन्त लामा, संयोजक दिल बहादुर घिसिङले नया पुस्तामा तामाङ जातिको पहिचान र संस्कृति चिनाउन जरुरी रहेको बताए । देशभर र लुम्बिनी प्रदेशमा समेत तामाङहरु छरिएर रहेका छन । रुपन्देहीमा २ हजार ३ सय जनसंख्या रहेको अनुमान गरिन्छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १२ : ०७ बजे

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको