२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

एमालेले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक व्यवहारका विषयमा अभिमुखीकरण आयोजना गर्ने



काठमाडौं । एमाले परराष्ट्र मामिला विभागले कूटनीतिक क्षेत्रका विभिन्न विषयमा पार्टीका नेता तथा कार्यकर्ताका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपालको विदेश नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीतिक अभ्यास, विधि, व्यवस्था र कूटनीतिक व्यवहार आदि विषयमा जानकारी प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यमा ६ र ७ माघमा पार्क भिलेज, बूढानीलकण्ठमा आयोजना गरिने दुईदिने कार्यशालामा नेपालको विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र व्यवहारका बारेमा प्रशिक्षण दिइने परराष्ट्र विभागले जनाएको छ ।

पार्टीको सचिवालयका पदाधिकारी नेताहरू,परराष्ट्र मामिला विभागका सबै सदस्यहरू, पार्टीका जनसंगठनमध्ये विदेश सम्बन्ध राख्ने र विदेश विभाग गठन गरी त्यस अनुरूपमा गतिविधि गर्दै आएका जनसंगठनका अध्यक्ष, महासचिव र विदेश विभागका प्रमुखहरूको कार्यक्रममा सहभागिता रहने परराष्ट्र विभागले जनाएको छ ।

विभागले गत साता १२ वटा जनसंगठनसँग विदेश मामिलाका विषयमा विषय केन्द्रित छलफल गरेको थियो । विभागले आफ्नो बार्षिक कार्ययोजना बमोजिम समय समयमा समसामयिक अन्तर्राष्ट्रिय राजनीतिक बिषयमा पनि छलफल चलाउँदै आएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १ : १३ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज