काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक साँझ ५ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सत्ता साझेदार दलको बैठक आव्हान गरिएको हो ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई आजै पुर्णता दिने तयारी गरिरहेको बेला सत्ता साझेदार दलहरुको संयुक्त बैठक बस्न लागेको वालुवाटार स्रोतले जानकारी दियो ।
वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने सत्ता साझेदार दलहरुको बैठकले मन्त्रिमण्डलको पुर्णता वारे निष्कर्ष निकाल्नेछ ।
एमाले अध्यक्ष ओलीसँग छलफलपछि बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए ।



















प्रतिक्रिया