१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

के हाे विमान दुर्घटनापछि खाेजिने ब्ल्याक बक्स ?



काठमाडौं । ब्ल्याक बक्सबारे धेरैले नाम सुनेको हुनुपर्छ । विमान दुर्घटनापछि सधैं ब्ल्याक बक्स खोजिन्छ, किनकी यसमा भएको तथ्यांकले विमान दुर्घटनाको कारण पत्ता लगाउन सहयोग गर्छ । तर, वास्तवमा ब्ल्याक बक्स भनेको के हो रु नामअनुसार यो किन कालो हुँदैन् ? प्रस्तुत छ ब्ल्याक बक्सबारे केही रोचक तथ्यः

१, आधिकारिक रूपमा यो ब्ल्याक बक्स होइन
हामीले ‘ब्ल्याक बक्स’ भनेर चिनेको सामग्रीको वास्तविक नाम फ्लाइट डाटा रेकर्डर  (एफडीए) हो । यसले वास्तवमै तथ्यांकको रेकर्ड राख्छ । दुर्घटनापछि अनुसन्धानलाई सहज बनाउन, इन्जिनको आवाज, तापक्रम, इन्धनको प्रवाह, विमानको गति, उचाइ र झर्ने दरलगायतका उडानसँग सम्बन्धित तथ्यांकको यसले रेकर्ड राख्छ । यसलाई ब्ल्याक बक्सभन्दा रेकर्डर भन्नु बढी उपर्युक्त हुन्छ । पहिला यो एउटा बक्सको आकारमा हुने भए पनि अहिले यसको आकार हल्का सिलिन्डर जस्तो हुन्छ ।

२, सामान्यतया दुई ओटा बक्स हुन्छन्
फ्लाइट डाटा रेकर्डरको नजिकै ककपिट भोइस रेकर्डर (सीभीआर) हुन्छ । ककपिट भोइस रेकर्डर एउटा उडान रेकर्डर हो, जुन ककपिटको अडियो वातावरण रेकर्ड गर्न प्रयोग गरिन्छ । उदाहरणको लागि विमान दुर्घटनापछिको अनुसन्धानमा एयर ट्राफिक कन्ट्रोलसँग भएका सञ्चारलाई आधार मानिन्छ । कहिलेकाही एफडीआर र सीभीआरलाई  जोडेर एउटा बक्स बनाइन्छ । सीभीआरले ककपिटको दुई घन्टासम्मको आवाज रेकर्ड गर्छ ।

३, वास्तवमा यो कालो नभएर सुन्तला रंगको हुन्छ
ब्ल्याक बक्स आगो प्रतिरोधी सामग्रीबाट बनेको हुन्छ जुन उज्यालो सुन्तला रंगको हुन्छ । यसलाई ओरेन्ज बक्स नभनी किन ब्ल्याक बक्स भनियो भन्ने बारेमा केही प्रष्ट छैन् । दुर्घटनापछि यो प्रायः कालो हुन्छ । यो हल्का गुलाफी र रातो रंगको पनि हुन्छ । अस्ट्रेलियाका वैज्ञानिक डेभिड वारेनले सन् १९५७ मा ब्ल्याक बक्सको आविश्कार गरेका थिए ।

४, यसलाई ककपिटमा राखिदैन्
तथ्यांक र आवाज ककपिटबाटै रेकर्ड गरिने भए पनि ब्ल्याक बक्सलाई ककपिटभित्र भने राखिदैन । सामान्यतया तिनीहरू विमानको अगाडि वा पछाडि हुन्छ, जहाँ विमानको संरचनाले तिनीहरूलाई दुर्घटनाको अवस्थामा सबैभन्दा राम्रो सुरक्षा गर्दछ । ब्ल्याक बक्स टाइटेनियम धातुबाट बनेको हुन्छ। यसले बिना बिजुली ३० दिनसम्म काम गर्न सक्छ । यसले ११००० डिग्री सेल्सियसको तापक्रम सहन सक्छ । पानीभित्र डुब्दा पनि यसमा खासै असर हुँदैन् । ब्ल्याक बक्समा रेकर्ड भएको आवाजलाई अनुसन्धानकर्ताहरूले टाढाबाट पनि पहिचान गर्न सक्छन् । ब्ल्याक बक्सले विमान दुर्घटनाको स्पष्ट तस्विर प्रतिबिम्बित गर्दैन तर विमान दुर्घटनाको अनुसन्धानमा यसले महत्वपूर्ण भूमिका खेल्छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ४ : ०७ बजे

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट

अध्यादेशबारे राय लिन राष्ट्रपतिले वरिष्ठ संविधानविद्हरूसँग छलफल गर्दै

काठमाडौं। रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे गम्भीर परामर्श गर्न

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

महोत्तरी । मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस ९रस०

अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक आज बस्दैं

काठमाडौं । सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलहरूको बैठक