९ कार्तिक २०८३, सोमबार | October 26, 2026

विद्युतीय गाडीको ठक्करबाट गुल्मीकी आमाछोरीको मृत्यु



रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ ।

सिम्लीबाट चौरजहारीतर्फ गइरहेकोे विद्युतीय सवारीसाधनले मुसिकोट खलङ्गाबाट सुर्खेतर्फ गइरहेको गाडीलाई आज बिहान ठक्कर दिँदा त्यसमा सवार गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झविन्द्र परियारले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई सल्लेस्थित जिल्ला अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने विद्युतीय गाडी र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : ७ भदौ २०८३, आइतबार  ११ : ५० बजे

आजदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि

इलाममा बोलेरो जीप दुर्घटना, चालकको मृत्यु

इलाम । आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा

रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

काठमाडौं । धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना

‘नेपाली क्रिकेट अमर रहोस्’ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को