२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

उमेर नपुगेका बालिकाहरुलाई स्पाको काममा लगाउने ३ जना स्पा संचालक पक्राउ



नेपालगन्ज । उमेर नपुगेका बालबालिकाहरुलाई अबैध काममा लगाएको भन्दै नेपालगन्जमा संचालनमा रहेका तीनवटा स्पाका संचालकहरुलाई प्रहरीले पक्राउ गरेको छ । उमेर नपुगेका बालिकाहरूलाई गैह्रकानूनी तवरले काममा लगाउने गरेको आरोपका ३ जना स्पा संचालकलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उप-महानगरपालिका-१० आदर्सनगरमा रहेको न्यू प्लेजर स्पाकी संचालिका भारतीय नागरिक गुडिया खान, सोही वार्डमा रहेको आयुर्वेदिक रिल्याक्स स्पाकी संचालिका दुर्गा थारू र नेपालगन्ज-२ न्युरोडमा संचालनमा रहेको रिलयाक्स स्पाका संचालक तर्कराज देवकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

विभिन्न उमेरका बालिकाहरुलाई कानुन विपरित स्पाको काममा लगाएको पाईएकोले पीडित बालिकाहरुको उद्दार गर्नुको साथै उक्त गैर कानूनी कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरीएको बाँके प्रहरी प्रवक्ता प्रतितसिंह राठौरले बताए । पक्राउ परेका तीनै जनालाई बालवालिका सम्बन्धी ऐन २०७५ बमोजिम जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ भदौ २०८३, सोमबार  ८ : ५६ बजे

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी