५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

उमेर नपुगेका बालिकाहरुलाई स्पाको काममा लगाउने ३ जना स्पा संचालक पक्राउ



नेपालगन्ज । उमेर नपुगेका बालबालिकाहरुलाई अबैध काममा लगाएको भन्दै नेपालगन्जमा संचालनमा रहेका तीनवटा स्पाका संचालकहरुलाई प्रहरीले पक्राउ गरेको छ । उमेर नपुगेका बालिकाहरूलाई गैह्रकानूनी तवरले काममा लगाउने गरेको आरोपका ३ जना स्पा संचालकलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उप-महानगरपालिका-१० आदर्सनगरमा रहेको न्यू प्लेजर स्पाकी संचालिका भारतीय नागरिक गुडिया खान, सोही वार्डमा रहेको आयुर्वेदिक रिल्याक्स स्पाकी संचालिका दुर्गा थारू र नेपालगन्ज-२ न्युरोडमा संचालनमा रहेको रिलयाक्स स्पाका संचालक तर्कराज देवकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

विभिन्न उमेरका बालिकाहरुलाई कानुन विपरित स्पाको काममा लगाएको पाईएकोले पीडित बालिकाहरुको उद्दार गर्नुको साथै उक्त गैर कानूनी कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरीएको बाँके प्रहरी प्रवक्ता प्रतितसिंह राठौरले बताए । पक्राउ परेका तीनै जनालाई बालवालिका सम्बन्धी ऐन २०७५ बमोजिम जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ भदौ २०८३, सोमबार  ८ : ५६ बजे

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

काठमाडौं । नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु-१९

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी-२० मान्यता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा