५ पुस २०८२, शनिबार | December 20, 2025

विकास निर्माणको अनुगमन गर्न मन्त्री श्रेष्ठ चितवनमा



चितवन । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । सडक डिभिजन कार्यालय चितवनको निरीक्षण अनुगमनपछि उनले विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यान दिन आग्रह गरे ।

चितवनमा निर्माण भइरहेको विकास आयोजनाको निरीक्षण तथा विभिन्न कार्यक्रममा सहभागी हुन आएका मन्त्री श्रेष्ठले सोमबार साँझ सडक डिभिजन कार्यालयको निरीक्षण गरेका थिए ।

उन यहाँ सञ्चालित आयोजना छिटोभन्दा छिटो मापदण्ड पालना गरी गुणस्तरसहित सम्पन्न गर्न सडक डिभिजन कार्यालयका प्रमुखलाई निर्देशन दिए ।

चितवन देशकै केन्द्र भागमा पर्ने भएकाले यहाँबाट विकास निर्माणलाई तीव्रगतिमा अघि बढाउन उनले निर्देशन दिए । उनले देशभरका योजना समयै सम्पन्न गराउन अनुगमन र निरीक्षणलाई आफूले तीव्र बनाइने बताए ।

उपप्रधमन्त्री श्रेष्ठले आज जिल्लाका विभिन्न आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ८ : ५१ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा