१७ श्रावण २०८३, आइतबार | August 3, 2026

जेनजी आन्दोलन, ऐतिहासिक आन्दोलन हो, समृद्धिमा केन्द्रित गरौं : नारायणकाजी श्रेष्ठ



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले जेनजी आन्दोलनलाई राष्ट्रिय सार्वभौमिकता, लोकतान्त्रिक प्रणालीको मजबुती, सुशासन र सामाजिक न्यायसहितको समृद्धिमा केन्द्रित गर्न आग्रह गरेका छन् ।

जेनजी आन्दोलनलाई ऐतिहासिक आन्दोलनको रुपमा उल्लेख गर्दै उनले सुशासन र भ्रष्टाचारविरुद्ध उठाइएको मुद्दामा समर्थन रहेको बताए । श्रेष्ठले अराजक तत्वहरूको घुसपैठले आन्दोलनलाई नकारात्मक मोड दिएको र राज्यका निकायसहित सार्वजनिक सम्पत्तिमा आक्रमण हुनु दुःखद भएको टिप्पणी गरे ।

श्रेष्ठले पाँच बुँदे अपिल गर्दै विदेशी हस्तक्षेपबाट देशलाई जोगाउन, लोकतन्त्रलाई परिमार्जन गरेर अगाडि बढाउन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहित राजनीतिक स्थिरता कायम गर्न, सुशासन र भ्रष्टाचार अन्त्यलाई सुनिश्चित गर्न तथा सामाजिक न्यायसहितको समृद्धि हासिल गर्नुपर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ९ : ४३ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले