२ असार २०८३, मंगलबार | June 17, 2026

प्रधानमन्त्री कार्कीलाई नारायणकाजीको सुझाव – सरकार चुनावमा केन्द्रित होस्



काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीलाई छिटो मन्त्रिपरिषद् विस्तार गरी देशलाई शान्ति, सुशासन र निर्वाचनतर्फ केन्द्रित गर्न आग्रह गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले फोन सम्पर्क गर्न खोज्दा सफल नभएकाले स्टाटसमार्फत सुझाव दिन बाध्य भएको उल्लेख गरेका छन् ।

श्रेष्ठले प्रधानमन्त्रीलाई दिएरहेका मुख्य सुझावहरूमा राजनीतिक दलबाहिरका स्वच्छ, निष्ठावान र क्षमतावान व्यक्तिलाई मन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने, शान्ति–सुब्यवस्था कायम गर्दै निर्धारित मितिमै स्वतन्त्र तथा निष्पक्ष निर्वाचन सम्पन्न गर्नुपर्ने, भाद्र २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने र ध्वंस भएका संरचनाको पुनःनिर्माण सुरु गर्नुपर्ने विषय छन् ।

त्यसैगरी उनले भ्रष्टाचारविरुद्ध अघिल्लो सरकारले थालेका कारबाहीलाई निरन्तरता दिँदै सुशासनको अभियानलाई अगाडि बढाउनुपर्ने र प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रिय सभामार्फत संघीय संसदको भूमिकामा ध्यान दिनुपर्ने सुझाव पनि दिएका छन् ।

“प्रधानमन्त्रीज्यू, तपाईं लोकरिझ्याईका अन्य छिटफुट काममा होइन, मुख्यतः घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुहोस् । यदि सरकार असफल भयो भने देश भयावह सङ्कटमा धकेलिनेछ,” उनले भनेका छन् ।

श्रेष्ठले चुनावलाई राष्ट्रिय सहमतिका आधारमा सफलतापूर्वक सम्पन्न गर्न सबैलाई सहयोग गर्न पनि आह्वान गरेका छन् ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ११ : ४९ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ