४ भदौ २०८३, बिहिबार | August 20, 2026

एमालेका मन्त्रीमा पौडेलबाहेक सबै नयाँ अनुहार



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा एमालेले एकजनाबाहेक सबै मन्त्री नयाँ बनाएको छ । विगतमा जस्तै पटक पटक मन्त्री बन्ने सूचीमा यसपटक एमालेमा विष्णु पौडेल मात्र परेका छन् । पौडेल उपप्रधान तथा अर्थमन्त्री बनेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले बाँकी सात मन्त्री र एकजना राज्यमन्त्री सबै नयाँ अनुहार छानेका छन् । जसमा दामोदर भण्डारी उद्योग, डा. विमला राई पौडेल परराष्ट्र, राजेन्द्र राई भूमिसुधार, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका, हरिप्रसाद उप्रेती रक्षा, ज्वाला साह कृषिमन्त्री नियुक्त हुने भएका छन् । आजै प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई नियुक्त गर्ने भएकी छन् ।

मन्त्री बन्न लागेकामध्ये विमला राई राष्ट्रिय सभा सदस्य हुन् । सरकारमा राष्ट्रिय सभाबाट पनि प्रतिनिधित्व हुनुपर्ने भन्दै एमाले नेतृत्वमाथि दबाब परेको थियो ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १ : ०७ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने