१७ बैशाख २०८१, सोमबार | April 29, 2024

रिलिज छेकोमा ‘सरी मम’को अफर



काठमाडौं । लागुऔषध दुर्व्यसनीविरुद्धको कथामा तयार भएको फिल्म ‘सरी मम’ बिहीबारबाट उपत्यकाभित्र प्रदर्शनमा आउँदैछ । रिलिजको पुर्वसन्ध्यामा निर्माण टिमले फिल्म हेर्ने दर्शक लक्षित गरेर विभिन्न अफर सार्वजनिक गरेको छ ।

निर्माण कम्पनी एनएफआई क्रियशनले आमा र छोराको प्रेमलाई बोलेको फिल्मसँग सम्बन्धित हुने गरी टिकटक बनाउँदा दर्शकलाई ५० हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । आमासँगको तबिस्र अथवा भिडियो टिकटकमा सेयर गरेर ह्यासट्यागसरीमम र ह्यासट्यागएनएफ आइक्रिएसनसहित टिकटक बनाउँदा धेरै लाइक पाउनेलाई २५ हजार र क्रियटिभ टिकटकलाई २५ हजार पुरस्कार दिने घोषणा निर्माण टिमले गरेको छ । निर्माता विनोद लामाले यो अफर माघ महिनाभरलाई ल्याइएको बताए ।

फिल्मको २ टिकट किन्दा दर्शकले एक टिकट सित्तैमा पाउने पनि निर्माण टिमले बताएको छ । फिल्म प्रदर्शनमा आउने हलहरूसँगको सहमतिमा यो योजना ल्याइएको निर्देशन नविन बोगटी बताउँछन् । उता बसुन्धरामा रहेको चिरायू अस्पतालले फिल्म हेरिसकेर टिकटको कपी लिएर अस्पताल पुग्ने दर्शकलाई सबै स्वास्थ्य परिक्षणमा ५० प्रतिशतसम्म छुट दिने भएको छ । निर्माण टिम र अस्पतालबीच यस्तो सम्झौता भएको हो ।

नविन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् । यो फिल्ममा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ७ : ५२ बजे

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको