१३ माघ २०८२, मंगलबार | January 27, 2026

नेपालगन्जको एक होटलबाट नक्कली नोट छाप्ने मसिन बरामद



नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज एक होटलबाट नक्कली नोट छाप्ने मेसिनसहित केही नक्कली नोट बरामद भएको छ ।

नेपालगन्जको धम्बोझीमा रहेको पाहुना घरबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पुस २९ गतेदेखि सो होटलमा बसेका एक व्यक्तिले होटलमा बसेर नक्कली नोट छपाई गर्ने गरेको पाइएको छ ।

होटलका कर्मचारीहरुले नियमित कोठा सरसफाई गर्ने क्रममा पैसा छाप्दै गरेको देखे लगत्तै ती व्यक्ति परार भएको प्रहरीले जनाएको छ । होटव संचालकले खबर गरेको आधारमा कोठाको खानतलासी गर्दा ५० रुपैयाका केही थान नक्कली नोटसहित पैसा छाप्ने प्रिन्टर बरामद गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

उनले घटनाका बारेमा अनुसन्धान भइरहेको भन्दै फरार व्यक्तिको नाम दिन अस्विकार गरे । प्रहरीले होटलमा बसेको व्यक्तिको खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ९ : ४४ बजे

चितवनमा गैँडाको आक्रमणबाट एक युवाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ ।

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

पार्टीका उम्मेदवारलाई जिताउन जिल्ला सभापतिहरूलाई कांग्रेसको परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई

सिङ्गा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी । म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु