१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

ज्ञानेन्द्र शाही राप्रपा प्रमुख सचेतक नियुक्त



काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाही पार्टीको प्रमुख सचेतक नियुक्त भएका छन् ।

राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले बुधबार प्रतिनिधिसभा सदस्य शाहीलाई प्रमुख सचेतक पदमा नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

शाही मन्त्रीका आकांक्षी थिए । जुम्लाबाट जितेर आएका शाहीले आफू मन्त्री बन्ने भन्दै भोट मागेका थिए । प्रचण्ड नेतृत्वको सरकारमा कर्णालीबाट शून्य प्रतिनिधित्व छ ।

आफूलाई पार्टीले उचित भूमिका नदिएको भन्दै शाही असन्तुष्ट बनेका थिए । राप्रपाका निर्वाचित सातमध्ये चारजना मन्त्री बनिसकेका छन् । सोही कारण अध्यक्ष लिङ्देनले शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १२ : १० बजे

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,