१७ श्रावण २०८३, आइतबार | August 2, 2026

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, मुख्य सचेतकमा खुस्बु ओली



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले संसदीय दलको नेतामा ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीलाई चयन गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा आज बसेको राप्रपाका सांसदहरूको बैठकले शाहीलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्।

जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाही राप्रपाका प्रवक्तासमेत हुन् ।

बैठकले खुस्बु ओलीलाई मुख्य सचेतकको जिम्मेवारी तोकेको छ । ओली समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन्।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ४ गरी कुल ५ सिट जितेको छ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ४ : ४६ बजे

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको