२० बैशाख २०८१, बिहिबार | May 3, 2024

‘फ्लोरक्रस’ नभए देवराज सभामुख पक्का



काठमाडौं । प्रतिनिधिसभा सभामुखका लागि सत्तारूढ दल नेकपा एमाले र प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको संसद्कै ठूलो दल नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ ।

सभामुखका लागि एमालेले प्रतिनिधिसभा सदस्य देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा घिमिरे झापाबाट निर्वाचित भएका थिए ।

त्यस्तै, कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ । उनी समानुपातिक सांसद हुन् । घिमिरेको प्रस्तावक एमाले नेता सुवासचन्द्र नेम्वाङ छन् भने नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका नेता समर्थक छन् ।

कांग्रेसबाट उम्मेदवारी दिएकी न्यौपानेको प्रस्तावक कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थक नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला छन् ।

सभामुख पदमा दुई जनाको उम्मेदवारी परे पनि सांसदको अंकगणितका आधारमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाट एमालेतर्फबाट उम्मेदवार बनेका सांसदका पक्षमा सबैको मत आए घिमिरेको पक्षमा बहुमत पुग्ने अवस्था छ ।

ती दलको मत घिमिरेलाई आए २ सय ७५ प्रतिनिधिसभा सदस्यमध्ये घिमिरेको पक्षमा १ सय ४५ भन्दा बढी मत पुग्नेछ । सभामुखमा निर्वाचित हुन साधारण बहुमत अर्थात् १ सय ३८ सांसदको मत आवश्यक पर्छ ।

प्रतिनिधिसभामा नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २० र राप्रपाका १४ सांसद छन् । यी चार दलका सांसद संख्या १ सय ४४ पुग्छ ।

संसद्मा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको जसपा र लोसपाले भने कांग्रेसका उम्मेदवारका पक्षमा मतदान गर्ने निर्णय गरेका छन् । कांग्रेससँग ८८ सांसद छन् ।

प्रतिनिधिसभामा जसपाका १२, नेकपा एकीकृत समाजवादीका १० तथा लोसपाका ४ सांसद छन् । यी सबै गर्दा कांग्रेस उम्मेदवारका पक्षमा ११४ जना देखिएका छन् ।

तर, जसपा र लासपाले घिमिरेका पक्षमा मत दिएमा उनको पक्षमा १ सय ६० मत कट्ने देखिन्छ । स्वतन्त्र सांसद प्रभु साह, अमरेश सिंहलगायतले समेत ‘कसलाई सहयोग गर्छन् ?’ टुंगो छैन । उनीहरूले प्रधानमन्त्रीमा भने पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएका थिए ।

त्यस्तै, जनमत पार्टी ‘मन्त्रालयमा चित्त नबुझेको’ भन्दै सरकारमा गएको छैन । नागरिक उन्मुक्ति पार्टी पनि सरकारसँग खुसी छैन । रेशम चौधरी नछुट्दासम्म सरकारसँग उसले चित्त बुझाउने अवस्था नरहेकाले ती दुवै दलले कांग्रेस उम्मेदवारका पक्षमा मतदान गर्न सक्छन् ।

ती दुई दलका गरी प्रतिनिधिसभामा १० छन् भने उनीहरूले समेत कांग्रेस उम्मेदवारका पक्षमा मत दिए १ सय २४ सांसद पुग्ने छन् । स्वतन्त्रसमेत थप भए न्यौपानेका पक्षमा १ सय २६ मत पुग्छ । सभामुखको चुनाव जित्न १ सय ३८ मत आवश्यक पर्छ ।

सत्ता गठबन्धनमा असहमति नभए र एकढिक्का भए घिमिरेले सभामुखको चुनाव जित्ने देखिन्छ । तर, गठबन्धनका दलमध्ये कुनैले ‘प्mलोरक्रस’ गरेको अवस्थामा परिस्थिति फरक हुन्छ र न्यौपाने सभामुख बन्न सक्ने अवस्था रहन्छ ।

संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यले आफूमध्येबाट एकलाई सभामुख चयन गर्नुपर्छ । हाल प्रतिनिधिसभा अध्यक्षता ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले गर्दै आएका छन् ।

प्रतिनिधिसभाले सभामुख चयन नगर्दासम्म ज्येष्ठ सदस्यले नै संसद् सञ्चालन गर्ने संवैधानिक व्यवस्था छ । तर, संसद् सुचारु भएको १५ दिनभित्र नयाँ सभामुख चयन गरिसक्नुपर्छ ।

संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने उल्लेख छ ।

गत १० पुसमा प्रधानमन्त्री नियुक्त प्रचण्डले २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिइसकेका छन् । उनलाई प्रतिनिधिसभामा उपस्थित २ सय ७० सदस्यमध्ये २ सय ६८ सदस्यले विश्वासको मत दिएका छन् ।

हाल सत्ता गठबन्धनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सात दल सहभागी छन् भने नेपाली कांग्रेसलेसमेत प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको मत दिएको थियो । तर, कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा रहने बताउँदै आएको छ ।

प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट ८९ सांसद छन् भने १ सांसद निलम्बनमा परेका छन् । हालको सत्ता गठबन्धन बन्दा र प्रचण्ड प्रधानमन्त्री हुँदा प्रतिनिधिसभाको पाँचवर्षे कार्यकालका लागि नेकपा एमाले र माओवादी केन्द्रबीच आधाआधा कार्यकाल सभामुख भागबन्डा गर्ने सहमति भएको बताइन्छ ।

सभामुखका लागि एकभन्दा बढी उम्मेदवारी दर्ता भएकाले क्रमानुसार प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्ने क्रम सकिएपछि सबै प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ । त्यसपछि ज्येष्ठ सदस्यले दुवै सभामुखको उम्मेदवारीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

प्रतिनिधिसभाको कुल सदस्य संख्यामध्ये बहुमत ल्याउने उम्मेदवार सभामुख निर्वाचित हुनेछन् । सो व्यवस्था प्रतिनिधिसभा नियमावलीको नियम ५ मा उल्लेख छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ८ : ३२ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक