७ कार्तिक २०८३, शनिबार | October 24, 2026

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मालाई विश्वासको मत प्राप्त



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको १० औं दिनमा उनले विश्वासको मत पाएका हुन् ।

कर्णाली प्रदेशसभाको शुक्रबारको बैठकमा उनले विश्वासको मत पाएका हुन् । ४० सदस्यीय प्रदेश सभामा शर्मालाई २५ प्रदेशसभा सदस्यको समर्थन प्राप्त भएको हो । बैठकमा मुख्यमन्त्री शर्माले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २५ र विपक्षमा १४ मत खसेको हो ।

उनलाई स्वतन्त्र प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले समेत विश्वासको मत दिएका छन् । उनले माओवादी केन्द्रको १३, एमालेको ९, एकीकृत समाजवादीको १, राप्रपाको १ मत गरि २५ मत प्राप्त गरेका हुन् ।

नेपाली कांग्रेसका १४ जना प्रदेशसभा सदस्यले भने विपक्षमा मतदान गरेका हुन् ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ३ : ५८ बजे

आज हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्षमा पनि गरिएन मर्मत

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर