४ भदौ २०८३, बिहिबार | August 20, 2026

व्यवसायीद्वारा क्रसर उद्योग सञ्चालन व्यवस्थाका लागि अनुरोध



काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले कानूनसम्मत सञ्चालन भएका क्रसर उद्योगलाई निर्वाधरूपमा काम गर्ने वातावरण तयार गरिदिन सरकारको ध्यानाकर्षण गरेको छ ।

महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी क्रसर उद्योग सञ्चालन तथा व्यवस्थापनका क्रममा सरकारले २०७१ सालमा ल्याएको कानूनबमोजिम दर्ता भई सञ्चालित उद्योग गत पुस २० गतेदेखि बन्द हुँदा सम्बद्ध व्यवसायीसहित निर्माण र ट्रिपर व्यवसायी पनि प्रत्यक्षरूपमा प्रभावित भई विकास निर्माणका गतिविधि ठप्प हुने अवस्था रहेको यथार्थलाई ध्यान दिई आवश्यक पहल गरिदिन सरकारसमक्ष अनुरोध गरेको छ ।

सरकारले क्रसर उद्योग सञ्चालनसम्बन्धी हालै ल्याएको नयाँ मापदण्ड बमोजिम अहिले अधिकांश उद्योग नवीकरण हुने अवस्था नरहेको महासङ्घका अध्यक्ष सीताराम न्यौपानेको भनाइ थियो । उनले भने, “राज्यको नीति कानूनलाई अक्षरशः पालना गरी ठूलो लगानीसहित हजारौँ मानिसलाई रोजगारी दिँदै मुलुकको विकास निर्माण र राजश्व वृद्धिमा महत्वपूर्ण योगदान दिइरहेका क्रसर व्यवसायीसँग यथासक्य छिटो सम्वादको वातावरण सिर्जना गरी समास्या समाधानका पक्षमा सरकारको ध्यान जाओस् ।”

देशभर वैैधानिक रुपमा सञ्चालित पाँँच सयभन्दा बढी क्रसर उद्योगले दैनिक करिब रु ३० करोड कारोबार गरी रु तीन करोडभन्दा बढी राजश्व तिर्ने गरेको सो अवसरमा जानकारी गराइयो ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ७ : २४ बजे

धौवादी फलाम खानीबाट नौ करोड ६० लाख धाउ उत्खननको योजना

काठमाडौं । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक

घोराहीमा ट्याक्टर र अटो ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय