५ माघ २०८२, सोमबार | January 19, 2026

तीन महिलाको हत्या प्रकरणः दोषी पत्ता लगाउन गृह–मन्त्रालयलाई पत्राचार



खोटाङ । राष्ट्रिय महिला आयोगले खोटाङका तीन महिलाको विभत्स हत्यामा संलग्न दोषी पत्ता लगाउनका लागि गृह-मन्त्रालयलाई पत्राचार गरेको छ ।

आयोगले जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङ सोभेकी ३७ वर्षीय देबी बिक, खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ र हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्माको विभिन्न मितिमा हत्या गर्नमा संलग्न दोषी पत्ता लगाउनका लागि मन्त्रालयलाई पत्रमार्फत अनुरोध गरेको हो ।

तीन महिलाको हत्या भएको पाँच वर्ष बित्दा समेत दोषी गुमनाम भएको पाइएकाले दोषी पत्ता लगाउन गृह-मन्त्रालयलाई पत्राचार गरिएको राष्ट्रिय महिला आयोगका कार्यबाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडाले बताईन् । पत्रमा घटनाको सम्वन्धमा यथाशिघ्र छानविन समिति गठन गर्न लगाएर दोषी पत्ता लगाउन भनिएको छ ।

जन्तेढुंगा गाउँपालिका-४ डम्बर्खुशिवालयस्थित माईती पुगेर २०७४ साउन ४ गते घर फर्कनेक्रममा सम्पर्क विहिन बनेकी देबी दोश्रो दिन २०७४ साउन ५ गते जन्तेढुंगा गाउँपालिका-३ काहुलेको छिमावास्थित नेप्टे जंगलमा विभत्स हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । यस्तै, रिता २०७३ माघ २६ गते र ज्ञानीमायाँ २०७४ जेठ १६ गते विभत्स अवस्थामा मृत फेला परेकी थिईन् ।

तीन महिलाको विभत्स हत्याको घटनालाई गुपचुप राखी नियतवस नै छानविन र अनुसन्धान समेत नगरेको दावी गर्दै राष्ट्रिय महिला आयोगले सो सम्वन्धमा यथाशिघ्र छानविन समिति गठन गर्न लगाएर दोषी पत्ता लगाउन पहल गर्न अनुरोध गरिएको जनाएको छ । गत पुस २७ गते राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकार आयोगले खोटाङमा संयुक्त रुपमा आयोजना गरेको सिड सम्वन्धी छलफल कार्यक्रममा सहभागी हुने क्रममा आयोगका कार्यबाहक अध्यक्ष पौडेल खतिवडा र प्रमुख महिला विकास अधिकृत सीता अधिकारीले तीन महिलाको हत्यामा संलग्न दोषी पत्ता नलागेको विषयमा जानकारी पाएकी थिईन् ।

कार्यक्रममा सहभागीले महिलाको हत्यारामा पत्ता नलागेको विषयमा आवाज उठाएपछि कार्यबाहक अध्यक्ष पौडेल खतिवडाले ‘खोटाङमा तीन जना निर्मला पन्त’ मारिएको जानकारी मिलेको भन्दै दोषी पत्ता लगाउन गृह-मन्त्रालयलाई पत्र पठाउने प्रतिवद्धता जनाएकी थिईन् । आयोगकी उप-सचिव चमिला भट्टराईले लेखेको पत्र जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय खोटाङलाई बोधार्थ पठाइएको छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ७ : ३६ बजे

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच

प्रतिनिधिसभा निर्वाचनमा लड्न बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यद्वारा राजीनामा

हेटौंडा । बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट

सञ्चारमन्त्री जगदीश खरेलले दिए पदबाट राजीनामा, ललितपुर-२ बाट चुनाव लड्ने घोषणा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा