६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’



बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार आफ्नो निर्वाचन क्षेत्रमा आएर रुपन्देहीलाई भुल्न नसक्ने बताएका छन् ।

विगतमा आफूले अघि सारेका योजनाहरुलाई पूर्णता दिनका लागि रुपन्देही(२ बाट आफ्नो उम्मेदवारी रहने बताउँदै उनले रुपन्देही बासीले पनि आफूलाई भुलन नसक्ने विश्वास व्यक्त गरे ।

एमाले लुम्बिनी प्रदेश पार्टी कार्यालय बुटवल सुख्खानगरमा नेता कार्यकर्ताहरुबीच बोल्दै उनले भने, ‘न मैले रुपन्देहीलाई भुल्ने छु, न मलाई रुपन्देहीले भुल्ने छ ।’ शनिबार बसेको एमाले सचिवालय कमिटीको बैठकले पौडेललाई पाल्पा-२ बाट चुनाव उठाउने निर्णयसँगै रुपन्देहीका नेता कार्यकर्ताले आवाज उठाएपछि निर्णय सच्चिएको सन्दर्भमा उनले उक्त कुरा व्यक्त गरेका हुन् ।

सोमबार पौडेल रुपन्देही आउने भएपछि सयौंको सङ्ख्यामा नेता कार्यकर्ता भैरहवा विमानस्थलमा उनलाई स्वागत गर्न पुगेका थिए । रुपन्देही क्षेत्र नम्बर-३ बाट उम्मेदवारी पाएका बासुदेव घिमिरे, एमाले केन्द्रीय सदस्य गोपाल राना, एमालेबाट समानुपातिक उम्मेद्वार तथा उद्योगी एजाज आलम, एमाले रुपन्देही अध्यक्ष लगायतका नेताहरुका साथै ठूलो सङ्ख्यामा युवा विद्यार्थीले पौडेललाई भैरहवा विमानस्थलबाट बुटवलस्थित पार्टी कार्यालयमा ल्याएका थिए ।

सो अवसरमा आयोजित संक्षिप्त कार्यक्रममा पौडेलले रुपन्देहीका ५ निर्वाचन क्षेत्र मध्ये ४ वटा निर्वाचन क्षेत्रमा एमालेको जित सुनिश्चित भैसकेको र सतप्रतिशत नतिजा ल्याउने लक्ष्यसहित चुनाबी अभियानमा लाग्न आह्वान गरे ।

पौडेलले सोमबारनै एमाले लुम्बिनीका अध्यक्ष राधाकृष्ण कंडेल तथा रुपन्देही अध्यक्ष यज्ञ गैरेबाट संयुक्त रुपमा चुनावका लागि टिकट ग्रहरण गरेका थिए । कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर-५ का उम्मेद्वार खिमलाल भट्टराई, रुपन्देही-१ का उम्मेद्वार दधिराम न्यौपाने, लुम्बिनीका पूर्व मुख्यमन्त्री लिला गिरी तथा एमाले लुम्बिनीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ लगायतका नेताहरु स्वागतका लागि पुगेका थिए ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ८ : ३० बजे

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माद्वारा पार्टी परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति

विश्वभर एक घण्टा अवरुद्धपछि युट्युब पुनः सञ्चालनमा

काठमाडौं । विश्वकै लोकप्रिय भिडियो प्लेटफर्म युट्युब करिब एक घण्टा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक भोलि फागुन

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको

देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार,