१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

जिल्लास्तरीय एभरेष्ट कपको फाईलन आइतबार हुँदै



बुटवल । बुटवलमा जारी आठौं जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्र-छात्रा भलिबल प्रतियोगिताको फाईनल खेल आइतबार हुने भएको छ ।

एभरेष्ट इङ्गलिस माविको आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा आइतबार छात्र-छात्रा दुवैतर्फको फाईनल खेल हुने भएको हो ।

शनिबार सम्पन्न क्वाटरफाईनलबाट छात्र-छात्राका चार-चार समूह सेमिफाईनलमा प्रवेश गरेका छन् । सेमिफाईनलमा प्रवेश गरेका समुहबीच आइतबार बिहान हुने खेलपछि फाईनल चरणका खेलहरु दिउसो हुने आयोजक विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी दिए । शनिबार भएका छात्रछात्राका आठ/आठ खेलबाट सेमिफाईनलका लागि चार/चार समुह प्रवेश गरेका हुन् ।

शनिबार प्रतियोगितामा छात्रतर्फ मणिमुकुन्दले दीपलाई २-० ले पराजित गरेको छ भने सेन्टजोसेफले एभरेष्टलाई २-१ पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

यस्तै न्यु होराइजनले नहरपुर माविलाई २-० ले र कुँवरवर्तीले नवज्योतिलाई २-० ले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो ।

त्यसैगरी छात्रातर्फ एभरेष्टले इन्भारोमेन्टलाई २-० ले, दीपले कान्तिलाई २-० ले, न्यु होराइजनले सेन्ट जोसेफलाई २-० ले र कुँवरवर्तीले नवज्योतिलाई २-० ले हराउँदै सेमिफाईनलको यात्रा तय गरेको भलिवल प्रशिक्षक अर्जुन घिमिरेले जानकारी दिए ।

उनले आइतबार सेमिफाईनलका र सेमिफाईनलपछिका फाईनल खेल हुने जानकारी दिए । प्रतियोगितामा छात्रछात्रातर्फनै विजयी हुनेले २०/२० हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पर्ने विद्यालयका शिक्षक माधव पौडेलले जानकारी दिए । यसैगरि उपविजेता टिमलाई नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा तृतिय टिमलाई नगद १० हजार रुपैया, रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा छात्रतर्फ १९ र छात्रातर्फ १० टिमले भाग लिएका थिए ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ७ : १७ बजे

नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने

काठमाडौं । नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा आजदेखि लागू हुने

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाभित्रका सबै संरचना हटाउन सम्बद्ध पक्षलाई

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका