८ पुस २०८२, मंगलबार | December 23, 2025

सुर्खेत जिप दुर्घटनाप्रति प्रधानमन्त्रीको चिन्ता, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना



काठमाडौं, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डले चारजनाको ज्यान जानेगरी सुर्खेतमा भएको जिप दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । आइतबार बिहान छिन्चुदेखि सुर्खेततर्फ जाँदै गरेको बा प्र ०१०२६ च ९२१३ नम्बरको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो ।

उक्त दुर्घटनाले आफूलाई स्तब्ध बनाएको भन्दै प्रधानमन्त्री प्रचण्डले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । साथै प्रधानमन्त्री प्रचण्डले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको गाडी वीरेन्द्रनगर–११ झुप्राखोलास्थित दुर्घटना भई चारजना यात्रुको निधन भएको खबरले स्तब्ध तुल्याएको छ। मृतकहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

आइतबार बिहान २ः३० बजे जिप अनियन्त्रित भई सडकदेखि ७०–८० मिटर तल खस्दा सुर्खेत वीरेन्द्रनगरका २७ वर्षीय सागर शाही, दैलेख डुंगेश्वर गाउँपालिका– ५ बस्ने वर्ष ३३ का दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका– ५ बस्ने वर्ष ३१ को बबिन शाही, दैलेख गुराँस गाउँपालिका– ३ बस्ने वर्ष ३६ को राजेन्द्र विसीको मृत्यु भएको थियो ।

दैलेख भैरवी गाउँपालिका– ५ का वीरेन्द्रराज शाहीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ११ : ५९ बजे

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना

प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल शुरु

बुटवल । प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप