५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

द ब्रिटिस कलेजले गर्यो अलुम्नाइ २०२३ कार्यक्रम सम्पन्न



काठमाडौँ । द ब्रिटिस कलेजले पुर्व विद्यार्थीहरुको भेला (अलुम्नाइ मिट २०२३) कार्यक्रम आयोजना गरेको छ । पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा ब्रिटिस कलेजबाट ग्रयाजुएट भएका विद्यार्थीहरुलाई नेटवर्क बनाउन र आफ्नो सम्बन्ध विस्तार गर्न मौका मिलेको थियो ।

कार्यक्रममा सन्२०१५ देखि २०२२ सम्मका १०० जनाभन्दा बढी पुर्व विद्यार्थीहरु, स्टाफ, फ्याक्ल्टी र विशेष अतिथिहरुको उपस्थिति रहेको थियो । साथै, लिड्स बेकेट विश्वविद्यालयका प्रतिनिधि कुनाल हल्बीको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै कलेजका सिइओ राजन कँडेलले भने,‘पुराना साथीहरुसँग भेटघाट गर्नुका साथै, यो कार्यक्रमले विद्यार्थीहरुलाई उनीहरुले छोडेदेखि हामीले के गर्दछौँ र केकस्ता नयाँ अवसरहरु उपलब्ध गराएका छौँ भनेर देखाउने मौका मिलेको छ । जस्तै ब्राण्ड न्यु इन्क्युवेशन सेन्टर जुन हामीले प्रदान दिनेछौँ ।’

कार्यक्रममा कलेजका पुर्व विद्यार्थीहरु, स्कुल अफ कम्प्युटिङका तर्फबाट रविन तिवारी, सिल्क ग्रुपका सिटिओ र स्कुल अफ बिजेनशतर्फबाट सिजी होल्डिंसका कार्यकारी निर्देशक करन चौधरीले मन्तव्य दिएका थिए । साथै तथा मार्केटिङ्गका हेड अमरदिप मण्डलले आफ्नो मन्तव्य दिएका थिए ।

पुर्व विद्यार्थीहरुसँगको सम्बन्ध बलियो र सुमधुर बनाइराख्न हामीले अलम्नाइ कार्यक्रम गर्दै आइरहेका छौँ । पुर्व विद्यार्थीहरुले प्राप्त गरेको सफलताप्रति हामीहरुलाई गर्व छ । उनीहरुको भविष्यको योजनाप्रति मदत गर्न हामीहरु सदैव तयार छौँ ।’ उनको भनाई थियो ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ८ : ४७ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन