१६ चैत्र २०८२, सोमबार | March 30, 2026

बुटवल लेडी जेसिज बर्ष २०२२ को पदस्थापन, नारायण स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार ज्ञवालीलाई



बुटवल । बुटवल लेडी जेसिज बर्ष २०२२ को पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बुटवलमा एक समारोहका बिच २७ औं पदस्थापन समारोह भएको हो ।

सो अवसरमा बर्ष २०२२ का अध्यक्ष अनुपमा श्रेष्ठले बर्ष २०२३ का नवनिर्वाचित अध्यक्ष कमला लम्साललाइ पदहस्तान्तरण गरेकी हुन । कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा कांग्रेस नेता प्रा.डा गोबिन्द पोखरेलले समाज रुपान्तरणका लागि सामाजिक रुपमा स्थापित क्लवहरुको भूमिका अहम रहने बताए ।

नेता पोखरेलले भौतिक पुनःनिर्माणको काम तीव्र गतिमा भइरहे पनि सामाजिक पुनःनिर्माणको काम धेरै बाँकी रहेको उहाँको भनाइ छ । ’सामाजिक पुनःनिर्माणका लागि हरेक समुदाय तथा सामाजिक संघ संस्थाको भूमिका महत्वपूर्ण रहन्छ’, उनले भने-सामाजिक, भौतिक र आर्थिक पुनःनिर्माणको कामलाई सँगैसंगै लिएर जानुपर्ने उनको भनाइ थियो ।

सो अवसरमा बोल्दै अध्यक्ष अनुपमा श्रेष्ठले आफ्नो कार्यकालमा धेरै योजनामा काम भएपनि केहि समयअभावका कारणले बाँकी रहेको भन्दै नयाँ समितिले पुराना योजनाहरुलाई निरन्तरता दिने अपेक्षा गरिन ।

कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष चन्द्रमणि भुसाल, भिम कुवर,बुटवल लेडि जेसिजका संस्थापक अध्यक्ष रेखा शर्मा कट्टेल, निर्वाचन आयुक्त रूपा पाण्डे,पूर्व अध्यक्ष राधिका पोखरेल ,राधिका बेल्बासे खनाल, महासचिव संगिता ढकाल लगायतले समाज रुपान्तरण र युवा शशक्तिकरणमा जेसिजको भूमिका अहम् रहने बताए ।

नारायण स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार ज्ञवालीलाई

यसैबिच नारायण स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार २०२२ बाट पत्रकार कपिल ज्ञवालीलाइ सम्मान गरिएको छ । डेढ दशकदेखि पत्रकारितामा क्रियाशील ज्ञवालीलाई प्रमुख अतिथि प्रा.डा गोबिन्द पोखरेल, क्लवका अध्यक्ष अनुपमा श्रेष्ठ लगायतले नगद १० हजारसहित दोसल्ला तथा प्रशंसापत्रले पुरस्कृत गरे । ज्ञवाली बुद्ध टेलिभिजनको समाचार प्रमुख, गोरखापत्र संस्थानको रुपन्देही समाचारदाता तथा नागरिक अनलाइनको सम्पादन हुन ।

जेसिजको पुस २ मा सम्पन्न २६ औं शाखा अधिवेशनबाट लम्सालको नेतृत्वमा नयाँ समिति सर्वसहमत चयन भएको थियो । समितिको कार्यकारिणी उपाध्यक्षमा जमुना शर्मा र बसन्ता घिमिरे, उपाध्यक्षमा संगिता मरासिनी, सपना गैरे ज्ञवाली, बिनुदेबी रिजाल, मेरिना बर्मा, सहसचिवमा अपूर्वा खनाल र सहकोषाध्यक्षमा कविता श्रेष्ठ सर्वसहमत निर्वाचित भएको निर्वाचन आयुक्त रूपा पाण्डेले बताइन । मनोनित कानुनी सल्लाहकारमा संगीता ढकाल, महासचिवमा रुपा श्रेष्ठ पाठक, कोषाध्यक्षमा सोनम पाठक रहेका छन ।

 

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ८ : २० बजे

ओली पक्राउको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

प्रधानमन्त्री बालेन्द्रद्वारा प्रतिनिधिसभाका सांसदहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सांसदहरुसँग छलफल सुरु गरेका

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा