१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बुटवल जेसीज लेडीद्धारा अन्तरमावि वक्तृत्वकला प्रतियोगिता



बुटवल । बुटवल महिला जेसिजको आयोजनामा शनिबार बुटवलमा अन्तर मावि वक्तृत्वकला प्रतियोगिता आयोजना भएको छ ।

सकरात्मक परिवर्तनका लागि एकता भन्ने विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । जेसीज अध्यक्ष कल्पना पाण्डेले लकडाउनले घरमा बसेका विद्यार्थीहरुलाई हैसला दिन र उनीहरुको वाक कला बढाउन प्रतियोगिता आयोजना गरेको बताइन ।

लकडाउनको बेलामा विद्यार्थीमा सकरात्मक सोचको उर्जा दिन वक्तृत्वकला प्रतियोगिताको विषय समेत सकरात्मक परिवर्तनका लागि एकता राखेको उनले बताइन ।

वक्तृत्वकला प्रतियोगितामा कालिका माविका विद्यार्थी एलिसा बेल्वासे प्रथम भएकी छिन् । स्कलस होम माविका विद्यार्थी नविना भुसाल द्धितीय र एभरेष्ट माविकी वसुन्धरा भण्डारी तृतीय भइन । सान्त्वना पुरस्कार न्यु होराइजन माविकी स्मारिका न्यौपाने र उजीरसिह माविकी समिक्षा विक पाचौं भएर प्रमाणपत्र लिइन ।

प्रतियोगितामा ७ वटा सामुदायिक तथा सस्थागत विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम द्धितीय, तृतीय र सान्त्वनाले प्रमाणपत्र तथा मेडल पाएका थिए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि न्यु होराइजन माविका प्राचार्य लोकनाथ उपाध्याय र महिला जेसीजका अध्यक्ष कल्पना पाण्डे (कुसुम) ले संयुक्तरुपमा पुरस्कार दिएका थिए ।

प्रतियोगितामा बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक प्रकाश पौडेल, सैनामैना मेमोरयल माविका प्राचार्य जेबी क्षेत्री र कान्तिपुर टेलिभिजनका वरीष्ठ उपसम्पादक अमृता अनमोलले निर्णायक भूमिका निभाएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यु होराइजन माविका प्राचार्य लोकनाथ उपाध्यायले विद्यार्थीको अतिरिक्त क्षमता बढाउन यस्ता कार्यक्रमले ठूलो सहयोग पुग्ने बताए । उनले किताबी ज्ञानसंगै विद्यालय बाहिर हुने यस्ता प्रतियोगितामा सहभागिता जनाउने हो भने विद्यार्थीलाई समाज र अवस्था बुझ्न समेत सहज हुने सुझाब दिए ।

कार्यक्रममा एन प्याव्सनका जिल्ला सचिव तथा स्कलर्स होम माविका प्राचार्य बाबुराम बन्जाडे, कान्ति माविका गोविन्द ज्ञवाली, बुटवल जेसीजका अध्यक्ष राजीव गौतम, बुटवल महिला जेसीजका निवर्तमान अध्यक्ष राधिका पोखरेल लगायतले जेसीजले गर्ने अतिरीक्त कृयाकलाप र त्यसले समाजमा पार्ने प्रभावबारे आफ्ना भनाइ राखेका थिए ।

संस्थाका महासचिव अनुपमा श्रेष्ठको संचालन गरेको कार्यक्रमको अध्यक्षता अध्यक्ष कल्पना पाण्डेले गरेकी थिइन ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ४ : ५९ बजे

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल