२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारदेखि



काठमाडौं। सूर्य नेपाल गल्फ टूर २०२२/२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारबाट रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ ।

पछिल्लो पूरा सिजन २०२१/२२ को वरीयताअनुसार शीर्ष १६ गल्फरले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

शीर्ष १६ मा रहेका चार गल्फर अनुपस्थित रहेकाले यसपटक २०औँ वरीयतासम्म रहेका गल्फरले प्रतिस्पर्धा गर्दैछन् ।

मंगलबार पहिलो चरणको खेल तथा बुधबार क्वाटरफाइनल र सेमिफाइनल हुनेछ । विहीबार अन्तिम दिन फाइनल हुनेछ ।

फाइनल ३६ होल तथा अन्य चरणमा १८ होलमा हुनेछ ।

प्रतियोगिताको पहिलो चरणमा शीर्ष वरीयताका शुक्रबहादुर राईले २०औं वरीयताका टंकबहादुर कार्कीसँग खेल्नेछन् ।

दोस्रो वरीयताका भुवन नगरकोटीले १९ औं वरीयताका सन्जोक मोक्तान खेल्नेछन् ।

पहिलो चरणमा जयराम श्रेष्ठले कृष्णमान राजवाहक, रवि खड्काले प्रदीप कुमार लामा, सञ्जय लामाले रमेश अधिकारी, दीनेश प्रजापतिले सूर्य प्रसाद शर्मा, धनबहादुर थापाले बलभद्र राई तथा रामे मगरले भुवनकुमार रोक्काको सामना गर्नेछन् ।

भारतको व्यावसायिक गल्फ प्रतियोगिता पिजिटिआईको छनोट खेल्न भारत प्रस्थान गरेकाले चौथो वरीयताका निरज तामाङ सहभागी छैनन् । त्यस्तै राजेन्द्र थापामगर (१४), पूर्ण शर्मा (१६) र तीर्थ पौडेल (१८) पनि उपस्थित हुने छैनन् ‌।

प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

उपविजेताले ४२ हजार, तेस्रो स्थानले ३२ हजार तथा चौथो स्थान हासिल गर्नेले २४ हजार प्राप्त गर्नेछन् ।

क्वाटरफाइनल बाहिरिनेले ११ हजार र पहिलो चरणमै निस्कने गल्फरले ६ हजार पाउनेछन् ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ११ : ५१ बजे

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक

पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल र करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा