५ पुस २०८२, शनिबार | December 21, 2025

काम नै गर्न नसक्नेगरी राज्य संयन्त्रलाई थिलथिलो बनाइएको छ : गृहमन्त्री लामिछाने



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काम गर्न नसक्नेगरी राज्य संयन्त्रलाई थिलथिलो बनाएर छाडिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बैठकलाई सम्बोधन गर्दै उनले पूर्ववर्ती सरकारले काम नै गर्न नसक्नेगरी राज्यसंयन्त्रलाई थिलथिलो बनाएर छाडिएको आरोप लगाएका हुन् ।

काम गर्नलाई कानुन पालनाभन्दा पनि आदेश पालना गर्ने अवस्था सृजना गरिएको भन्दै उनले राज्यको संयन्त्रलाई कमजोर बनाइएको आरोप लगाएका हुन् । यिनै संयन्त्रलाई बलियो र काम गर्न सक्नेगरी बनाउन थालिएको उनले जानकारी दिए ।

नेपाली जनतालाई निराश नबनाउने गरी आफूले काम गर्न उनको प्रतिबद्धता जनाएका छन् ।

अदालतबाट पक्राउ पुर्जी जारी भएका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न दिएको पटक पटक आदेशलाई प्रहरीले बेवास्ता गरेको भन्दै गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

उक्त विज्ञप्तिले गृहमन्त्रीको आदेश प्रहरीले नमाने स्पष्ट भएको र सुरक्षा संवेदनशीलतालाई ध्यान नदिई विज्ञप्ति जारी भएको भन्दै गृहमन्त्री लामिछानेको आलोचना भएको थियो ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  २ : ४१ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ