काठमाडौं । नेपालको सुदुरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । सुदूरपश्चिम नेपालमा केन्द्रबिन्दु भएर गएको भूकम्पको बाँके, बर्दियामा समेत धक्का महसुस भएको स्थानीयले बताएका छन् ।
दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ । भुकम्पको केन्द्रबिन्दु बाजुराको मौला आसपास रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का सुदुरपश्चिम प्रदेश सहित भारतको उत्तराखण्ड र भारतको राजधानी दिल्ली सम्म महसुस भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पको धक्का महसुस भएपछी स्थानीय घरबाट बाहिर निस्केका थिए ।
सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का बढी महसुस गरिएको छ । मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन् ।



















प्रतिक्रिया