७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बारामा अवैध रुपमा भित्र्याएको भारतीय मल छ्याप्छ्याप्ती



बारा । सरकारी अनुदानको रासायनिक मलको अभाव भएपछि बारामा चोरी निकासी भई आएको भारतीय युरिया मल बजारमा छ्याप्छ्याप्ती भएको छ ।

सरकारले प्रयाप्त मात्रामा मल उपलब्ध गराउन नसक्दा बाली लगाउने बेलामा भारतीय गुणस्तरहिन अवैध मल किन्न किसान बाध्य बनेका छन् ।

सीमामा खटिएका नेपाल प्रहरी तथा शसस्त्र प्रहरीलाई मोटो रकम बुझाउँदै भित्रिने भारतीय मल सदरमुकाम कलैयामा छ्याप्छ्याप्ती भएको हो । महँगो र गुणस्तरहिन भएपनि नेपाली मलको अभावमा भारतीय मल किन्नु परेको किसानहरु बताउँछन् ।

नेपाली युरिया मल ८००देखि ९०० सम्म पर्छ । तर पाइँदैन । स्थानीय सहकारी संस्थाले मल ल्याउन नपाएको धेरै दिन भएको छ । मकै बालीलाई मल अत्यावश्यक भइसेकाले बाध्यताले भारतीय मल किन्नु परेको बारा कलैया उपमहानगरपालिका १६ उत्तरझिट्कैंयाका किसान राजु पटेलले बताए ।

भारतबाट चोरबाटो हुँदै धामाधम मल आएकै छ । सिमामा प्रहरीलाई नमिलाई ल्याउन गाह्रो छ । प्रहरीसँगको मिलेमत्तोम मल तस्करहरुले दैनिक पचासौं मोटरसाइकलमा ५ बोरासम्म लोड गरेर मल आउने गरेको कलैयाका एकजना व्यापारीले बताए ।

यसरी भित्रिएका रासायनिक मल यूरिया १ हजार ३ सय देखी १ हजार ३५० रुपैयाँसम्म विक्री भइरहेको छ । खुद्रा व्यापारीले भारतबाट मल ल्याउने मत तस्करहरूसँग एक हजार २०० सम्म किन्ने गरेको उनले बताए ।

‘सरकारले प्रयाप्त दिन सक्दैन । किसानको जीवन त चोरी पैठारीबाट आउने मलले नै चलाएको छ । सिजनका सरकारको भरपर्ने अवस्था छैन । सरकारी अनुदानको मल अभावमा मंहगो मुल्यमा भारतीय मल किन्न बाध्य छौं’, अर्का किसान सीमा यादवले बताइन् ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ४ : ४९ बजे

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले