२० मंसिर २०८२, शनिबार | December 7, 2025

१५ औँ वर्षमा प्रवेश गर्यो इसेवा



काठमाडौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १४ वर्ष पुरा गरेर १५ औँ वर्षमा प्रवेश गरेको छ ।

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले १४ वर्ष पार गरेको हो ।
मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै इसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिबद्धता समेत जनाएको छ ।
पत्रकार सम्मेलनमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले भने “हामी जहिलेपनि हाम्रा प्रयोगकर्ताको दैनिकी कसरी सहज बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित हुने गरेका छौँ ।

आगामी दिनमा पनि अहिले भइरहेका सेवालाई थप परिस्कृत गर्दै वित्तीय सेवालाई सहज बनाइ डिजिटल अर्थतन्त्रलाई बलियो बनाउँदै लैजानेछौँ”। कार्यक्रममा थपे “ हामीलाई यस अवस्थासम्म ल्याउन सहयोग गर्नुहुने आम नेपाली, प्रत्यक्ष र अप्रत्यक्ष रुपमा इसेवामा जोडिएका प्रयोगकर्ता, हाम्रा साझेदार बैंक तथा वित्तीय संस्था, हाम्रा तीनलाख भन्दा बढि मर्चेन्ट, नियामक निकाय, हाम्रा सम्पूर्ण एजेन्ट नेटवर्क, कर्मचारी तथा मिडियाकर्मी साथीहरू तथा आम सुभचिन्तकको ठुलो सहयोग छ । म तपाईहरूको यो सहयोग र विश्वासलाई विशष धन्यवाद दिन चाहान्छु” ।

कार्यक्रममा इसेवाका प्रमुख म्यानेजर आशिष गौतमले इसेवाले बुधवार भएको आफ्नो वार्षिक उत्सवमा इसेवाले सार्बजनिक गरेका अफरहरूका विषयमा जानकारी गराएका थिए । १४ औँ वार्षिक उत्सवको अवशरमा इसेवाले बुधवार बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू सार्बजनिक गरेको छ । जसमा बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउन्ट इसेवामा लिंक गरेमा रू १४० क्यनसबपाइनेछ । यसैगरी बिहान १० देखि ११ बजेसम्मलाई डाइमण्ड अफर सञ्चालन हुनेछ । जसमा एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेताले हिरा उपहार पाउनेछन् । यसैगरी ११ देखि १२ बजेसम्म मुभि आवर सञ्चालन हुनेछ । यो अवधिमा मुभि टिकट खरिद गर्दा २०० रिवार्ड पोइन्ट प्राप्त गर्न सकिनेछ ।

यसैगरी १२ बजेसम्म होटल बुक अफर सञ्चालन हुनेछ । यो अवधिमा होटल बुक गर्दा विभिन्न होटलमा कोठाहरु निशुल्क प्राप्त गर्न सकिनेछ ।
यस्तै १ देखि २ बजेसम्म भौचर मेला आवर सञ्चालन हुनेछ । जसमा विभिन्न किसिमका डिस्काउन्ट भौचर प्राप्त गर्न सकिनेछ । यसैगरी २ बजेदेखि ३ बजेसम्म क्यासब्याक अफर सञ्चालन हुनेछ । यस अवधिमा मोबाईल टपअप,एयरलाइन्स् टिकट,इन्टरनेट टिभिको बिल भुक्तानी, विद्युत् महशुल भुक्तानीमा १४ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ । यसैगरी ३ देखि ४ बजेसम्म मेरोसेयर अफर सञ्चालन हुनेछ ।

यो अवधिमा रु ५० सम्मको शतप्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ । यसैगरी इसेवाले आफ्नो वार्षिक उत्सवको अवसरमा छात्रवृति कोष समेत सञ्चालन गरेको छ । यसको राशी र प्रक्रियाका विषयमा केही समय पछि एक कार्यक्रम मार्फत जानकाारी गराउने इसेवाको भनाई छ ।

इसेवाले आफ्नो १४ वर्षे यात्रामा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएको छ । १४ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ७० लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ७० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब १ लाख ८५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ । १४ वर्षे यात्रामा आम मानिसलाई जुनसुकै सेवाको लागि लाइन बस्नुपरेमा सबैभन्दा पहिले इसेवालाई सम्झने अवस्थामा ल्याइ पुर्याएको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ६ : ४७ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल