२३ बैशाख २०८३, बुधबार | May 7, 2026

रवि लामिछानेको नागरिकताबारे सर्वोच्चमा बहस – लामिछाने नेपाली मुलका विदेशी नागरक हुन्



काठमाडौं । सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ भैरहेको छ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ भैरहेको हो ।

सुनवाइको क्रममा रिट निवेदकको तर्फबाट बहस गर्ने अधिवक्ताहरुले रवि लामिछाने नेपाली नागरिक नभएको जिकिर गरेका छन् । उनीहरुले लामिछानेले अमेरिकी कानूनअनुसार सपथ लिएर त्यहाँको नागरिकता प्राप्त गरेका कारण हाल उनी नेपाली नागरिक नभै नेपाली मुलका विदेशी नागरिक भएको दाबी गरेका हुन् ।

रिट निवेदकका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नागरिकताको समाप्ती राज्य वा व्यक्तिको निर्णयबाट हुने भन्दै त्यसको प्राप्तिका लागि भने राज्यको उपस्थिति अनिवार्य हुनुपर्ने बताएका छन् । लामिछानेले अमेरिकी ग्रिनकार्ड लिने बेलामा अरु कुनै देशको नागरिक नरहेको र कुनै पनि राज्यप्रति निष्ठा नरहेको शपथ लिएको जिकिर गर्दै उनले अमेरिकी ग्रिनकार्ड त्यागेपछि रविले नेपालमा नागरिकता पुनः प्राप्तिका लागि कुनै प्रक्रिया पुरा नगरेको बताए ।

अर्का अधिवक्ता रविराज बर्तौलाले नागरिकता प्रकरणमा रवि लामिछानेले जे गर्दा पनि हुन्छ भन्ने सेन्टिमेन्टको विकास गर्न खोजिएको जिकिर गरे । उनले रवि लामिछाने अहिलेको अवस्थामा नेपाली मुलका विदेशी भएको दाबी गरे । उनले भने ‘यी मान्छे (रवि)ले नेपाली नागरिकता पुनः प्राप्तिका लागि कुनै प्रक्रिया पूरा गरेका छैनन्ु । रवि खासमा नेपालीमूलका विदेशी नागरिक हुन्।’

रिट निवेदकका अधिवक्ता रमण कर्ण, निकिता ढुंगाना, अमृत खरेललगायतले एउटै बहस नोट पेश गरेका छन् ।

रिट निवेदकको बहस सकिएको छ । अब लामिछानेको तर्फबाट बहस हुँदैछ ।

यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रुपमा राख्न भनेको थियो ।

उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि आज फैसला हुने जनाइएको छ ।

 

 

 

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  २ : ०३ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा