६ पुस २०८२, आइतबार | December 21, 2025

रवि लामिछानेको नागरिकता विवाद माथिको सुनुवाइ हेर्दाहेर्दैमा, शुक्रबार सकिने



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा परेको मुद्दामाथि सर्वोच्च अदालतमा भैरहेको सुनुवाइ हेर्दा हेर्दैमा सकिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार रिट निवेदक र प्रतिवादी पक्षका वकिलहरुले बहस सकेपछि सुनुवाइ हेर्दैमा सकिएको हो । अब शुक्रबार बस्ने इजलासमा पुनः सुनुवाइ हुनेछ ।

आजको सुनुवाइका क्रममा रिट निवेदकका तर्फबाट बहस गर्ने वकिलहरुले रवि लामिछाने नेपाली नागरिक नै नभएको जिकिर गरे । उनीहरुले लामिछानेले अमेरिकी कानूनअनुसार सपथ लिएर त्यहाँको नागरिकता प्राप्त गरेका कारण हाल उनी नेपाली नागरिक नभै नेपाली मुलका विदेशी नागरिक भएको दाबी गरे ।

लामिछानेको तर्फबाट बहस गर्ने सहमहान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले रिट निवेदन बदरभागी भएको जिकिर गरे । लामिछानेका निजी वकिलहरु सुशील पन्त र सुनिल पोखरेलले पनि जवाफी बहस गरे।

सुनुवाइ बुधबार नकिएपछि शुक्रबारसम्म हेर्दाहेर्दैमा राखिएको हो । शुक्रबार बहस सकिएपछि इजलासले आफ्नो फैसला सुनाउनेछ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ४ : २० बजे

दार्चुलामा जीप दुर्घटना : एक जनाको मृत्यु, एक जना घाइते

दार्चुला । मार्मा गाउँपालिका-३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन