१६ चैत्र २०७९, बिहिबार | March 30, 2023

प्रेम आचार्यको आत्मदाहबारे गगन भन्छन् : सिस्टम चलाउनेको असफलता हो



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले मंगलबार बानेश्वरमा आत्मदाह प्रयास गरेका प्रेम आचार्यको आत्मदाह सिस्टम चलाउनेको असफलता रहेको टिप्पणी गरेका छन् ।

महामन्त्री थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले आज दिनभर मनमा अनेकन कुरा खेलिरहेको छ। उनको अन्तिम पत्रमा उल्लेखित विषय र प्रसंगहरूले त झन् पटक पटक घोचिरहेको छ ।’

उनले अगाडि लेखेका छन्, ‘यसो सोच्छु उनको गरिखाने संघर्षका कुनै चरणमा केही भएको वा नभएको भए यस्तो हुदैनथ्यो कि ? फेरि सोच्छु यो कुनै व्यक्तिको असफलता मात्रै होइन । यो त हाम्रो राज्य संयन्त्र र समग्र सिष्टमको असफलता हो । म, हामी सिस्टम चलाउनेको असफलता हो । कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र हाम्रो सिस्टम ठीक हुँदैन । गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिस्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ ।’

यस्तै, थापाले आचार्यले उठाएको विषयलाई सम्बोधन गर्न निरन्तर लाग्ने पनि उल्लेख गरेका छन् । ‘अब आरोप प्रत्यारोप वा क्षणिक भावनात्मक आवेगभन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भने मात्र यस्तो निराशा र विष्मय कोही नागरिकले भोग्नु नपर्ला,’ थापाले लेखेका छन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १० : २३ बजे

राहदानी विभागको टोली पोर्चुगलमा

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान

साउदी अरेबिया पुगेका युवा काम र दाम नपाउँदा अलपत्र

काठ्माडौं । वैदेशिक रोजगारीका लागी साउदी अरेबिया पुगेका युवा अलपत्र

सरकारी प्रतिनिधि र मिटर ब्याज पीडितका बिचको आज वार्ता

काठमाडौं । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समुहका

प्रचण्ड नेतृत्वको सरकारले पुर्णता पाउँदै, आज नयाँ मन्त्रीहरुले सपथ लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफनो सरकारको विस्तार

लुम्बिनीमा आजदेखी राष्ट्रिय मिडिया सम्मेलन

बुटवल । नेपाल पत्रकार महासंघको आयोजनामा लुम्बिनीमा दुई दिने राष्ट्रिय