१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने



काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औँ संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना हुने भएको छ ।

कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा काठमाडौँको भृक्टिमण्डपमा यही माघ २४ देखि २९ सम्म प्रदर्शनी हुने भएको हो । महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीले छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

प्रदर्शनीमा यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्धन गरिने उनको भनाइ छ । प्रदर्शनीमा ब्राण्डिङ, प्रडक्ट लञ्चिङसँगै आइटी करिअर काउन्सिलिङका साथै कलेज, स्टार्टअप र सफ्टवेयर पेभिलियन समेत रहने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा क्यानका सदस्य संस्थाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता हुनेछ । प्रदर्शनीका क्रममा नेपाल पर्यटन बोर्डमा आर्टिफिसियल इनटेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य टेक्नोलोजीका विषयमा सम्मेलन पनि हुनेछ । प्रदर्शनी साढे तीन लाख जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

प्रदर्शनी अवलोकनका लागि रू एक सयको टिकट काट्नुपर्नेछ भने विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । अवालोकनकर्ताले सूचना तथा सञ्चार प्रविधिका नवीनतम प्रविधि र उपकरणबारे जानकारी लिन र खरिद गर्न सक्नेछन् ।

महासचिव अधिकारीले मधेस प्रदेशमा फागुन ५ देखि ९ सम्म, सुदूरपश्चिममा फागुन १३ देखि १७ सम्म, गण्डकीमा फागुन २६ देखि ३० सम्म र बागमतीमा चैत २ देखि ६ सम्म प्रदर्शनी गर्ने तयारी रहेको जानकारी दिए ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ६ : १६ बजे

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको

आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

काठमाडौं। लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् ।

अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग

झापा । भारतबाट हुने अवैध आयात र दक्षजनशक्तिको अभावले झापाका