१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

चलचित्र ‘ह्यारी कि प्यारी’को दोस्रो गीत रिलिज



काठमाडौं । आगामी माघ २० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ह्यारी कि प्यारी’को दोस्रो गीत रिलिज भएको छ ।

बुधबार चलचित्रमा समावेश ‘मिठो मिठो’ बोलको गीत युटुयुब मा रिलिज गरिएको हो । सार्वजनिक गीतमा युग भुषालको संगीत तथा निर्देशक डा. कपिल रिजालको शब्द रचना रहेको छ । गीतमा सौरव दास र देवाञ्जली वी जोशीको स्वर रहेको छ । गीतमा चलचित्रको मुख्य भूमिकामा रहेका अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपाल अभिनित छन् ।

बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा साम्राज्ञी र जितुका अलवा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतको अभिनय रहेको छ । चलचित्रको एक गीतमा अभिनेत्री रेखा थापा विशेष भूमिकामा प्रस्तुत छिन् ।

डा। कपिल रिजालको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डा। रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद लेखन रहेको छ । दन्त चिकित्सक कपिल रिजालले यही चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् ।

चलचित्रमा डा। भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौलाको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ ।

सुदीप बरालको छायांकन गरेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । विजय बस्यालले पोस्टर डिजाइन गरेको चलचित्रको पोष्ट प्रोडक्सन सम्पुर्ण मुम्बईमा गरिएको हो ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ७ : ४९ बजे

प्रतिनिधसभा : भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरी नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा पूजा-अर्चना, चन्द्रागिरिको सौन्दर्यको प्रशंसा

काठमाडौं। दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु

प्रतिनिधिसभा बैठक : दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला