१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

एकीकृत समाजवादी निकट अनेरास्ववियुद्वारा शिक्षामन्त्री खनालको पुत्ला दहन



काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य (आरआर) क्याम्पस अगाडि शुक्रबार बिहान शिक्षामन्त्री शिशिर खनालको पुत्लादहन गरिएको छ ।

एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीहरुले शिक्षामन्त्री खनालको पुत्लादहन गरेका हुन् ।

विद्यार्थीहरुले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिने निर्णय गरेको भन्दै मन्त्री खनालको पुत्लादहन गरेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।

शिक्षामन्त्री खनालले १ देखि कक्षा ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेका थिए । मन्त्रीले घुस खाएर निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएको उनले आरोप लगाए । निजी क्षेत्रले पुस्तक प्रकाशित गर्दा महंगो मूल्यमा किन्न बाध्य हुने भन्दै अनेरास्ववियुले पुत्ला जलाएको हो ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ११ : १४ बजे

कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित, गगनले गरे घोषणा

काठमाडौं । नेपाली कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित

निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेकोप्रति आयोगलाई कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष विभिन्न दलले निर्वाचन आचारसंहिता,

पश्चिम एशियाका १२ देशमा श्रम स्वीकृति अस्थायी रूपमा स्थगित

काठमाडौं । पश्चिम एशिया खाडी क्षेत्रमा विकसित पछिल्लो असहज परिस्थितिलाई

दुई प्रकारका ‘अतिवाद’ विरुद्ध नेकपालाई मत दिन प्रचण्डको आह्वान (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

प्रतिनिधिसभा निर्वाचन : दुई दिनमा काठमाडौंबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ