३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

सर्वोच्चको फैसला विरुद्धमा रविका समर्थकको नाराबाजी, केही समर्थक पक्राउ



काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामा कैफियत देखाउँदै उनको सांसद पद खारेज गरिदिए लगत्तै समर्थकले सर्वोच्च परिसरमा नाराबाजी गरेका छन् । सर्वोच्च परिसरमा शुक्रबार साँझ र्फसलाको प्रतिक्षा गरिरहेका रविका समर्थकहरुले फैसला आए लगत्तै र्फसलाको विपक्षमा नाराबाजी गरेका हुन् ।

सम्भाब्य फैसलालाई आंकलन गर्दै फैसलाको तयारी हुनु अगार्व स्थानीय प्रशासनले सर्वोच्च परिषरमा प्रहरी तैनाथी बढाएको थियो ।

कामु प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासले लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता त्याग गरेको कुराको विधिवत् जानकारी सम्बन्धित अधिकारी (प्रमुख जिल्ला अधिकारी) लाई नदिएको ठहर गर्दै उनले प्रयोग गरेको नागरिकताबाट भए गरेका सबै काम कारवाही अवैध घोषणा गरिदिएको छ ।

यस्तै नेपाल नागरिकता ऐन, २०६३ को दफा १० र ११ लगायत नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिम तोकिएको प्रक्रिया बमोजिम नागरिकता जारी गर्ने कार्यालयमा गई निवेदन नदिएको पनि फैसलामा उल्लेख छ । ‘यस अवस्थाका व्यक्तिलाई नेपालको संविधानको धारा ८७ (१) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को प्रयोजनका लागि उम्मेदवार बन्न योग्यता पुगेको भनी मान्न मिलेन’, अदालतको फैसलामा लेखिएको छ ।

लामिछानेले विधिवत् रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पुरा गरेको नदेखिएकाले सांसद पदमा रहिरहन नमिल्ने अदालतको ठहर छ । ‘निजले चितवन जिल्ला, निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार हुन पाउने अवस्था नरहेकोमा उम्मेदवार भई निर्वाचित समेत भएको देखिँदा निज प्रत्यर्थी रवि लामिछानेलाई उम्मेदवार कायम गर्ने, निजलाई निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिने लगायतका काम कारबाही नेपालको संविधानको धारा १३३ को उपधारा (२) (३) तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ’, अदालतको फैसलामा उल्लेख गरिएको छ ।

समर्थकहरुले उत्तेजित नारा लगाएपछि प्रहरीले केही रवि समर्थकहरुलाई नियन्त्रणमा समेत लिउको छ । सर्वोच्च अदालत परिषरमा थप सुरक्षाकर्मी परिचालन गरि भिड नियन्त्रणको प्रयास गरिएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ६ : २९ बजे

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री-वितरणलाई थप

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय