४ पुस २०८२, शुक्रबार | December 20, 2025

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व निर्धारित सबै कार्यक्रम स्थगित



काठमाडौं । रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछानेको नागरिकता खारेज गरिदिएपछि सो पार्टीले तय गरेका सबै कार्यक्रमहरु स्थगित गरेको छ ।

केन्द्रीय समितिको निर्णय बमोजिम माघ १४ गते देखि सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रमहरू विशेष परिस्थितिका कारण अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले आज एक बिज्ञप्ति प्रकाशित गर्दै चुनौतिको घडीमा सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरु संयमता साथ प्रस्तुत हुन अनुरोध समेत गरिएको छ ।

सर्वोच्च अदालतको संबैधानिक इजलासले स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेबाट प्रयोग गरिएको नागरिकताबाट भए गरेका सबै काम उत्प्रषण आदेशबाट बदर गरिदिएको थियो ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १० : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको