२३ बैशाख २०८३, बुधबार | May 6, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व निर्धारित सबै कार्यक्रम स्थगित



काठमाडौं । रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछानेको नागरिकता खारेज गरिदिएपछि सो पार्टीले तय गरेका सबै कार्यक्रमहरु स्थगित गरेको छ ।

केन्द्रीय समितिको निर्णय बमोजिम माघ १४ गते देखि सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रमहरू विशेष परिस्थितिका कारण अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले आज एक बिज्ञप्ति प्रकाशित गर्दै चुनौतिको घडीमा सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरु संयमता साथ प्रस्तुत हुन अनुरोध समेत गरिएको छ ।

सर्वोच्च अदालतको संबैधानिक इजलासले स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेबाट प्रयोग गरिएको नागरिकताबाट भए गरेका सबै काम उत्प्रषण आदेशबाट बदर गरिदिएको थियो ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १० : १७ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा