६ श्रावण २०८३, बुधबार | July 22, 2026

टरिगाउँ एयरपोर्टमा सीताको परीक्षण उडान



तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित विमानस्थलमा सीता एयरले परीक्षण उडान गरेको छ । शुक्रबार सीता एयरको १९ सिटे ९ ए–एजेएच विमान एयरपोर्टमा अवतरण गरेको हो । सुरुआतमा पश्चिमतर्फबाट र पुनः पूर्वतर्फबाट विमान अवतरण गरेको हो । दुवैतर्फबाट विमान अवतरण गर्न सहज नै रहेको क्याप्टेन रवीन्द्र डङ्गोलले बताए । “दुवैतर्फबाट अवतरण सहजै छ”, उनले भन्नुभयो, “यहाँको समग्र प्रतिवेदन क्याल्कुलेशन गरेर प्रतिवेदन निकाल्छौँ ।”

केही रुख, पानीको ट्याङ्की र आकासमा चरा धेरै हुँदा समस्या हुने उनको भनाइ थियो । “यताउती फोहर धेरै हुनसक्छ, त्यसको नियन्त्रण गरे हुन्छ ।”

सीता एयरका कर्मचारी राजेन्द्रबहादुर सिंहले अहिले जहाज अवतवरणका लागि सहज–असहजका विषयमा परीक्षण गरिएको भन्दै यसको विस्तृत प्रतिवेदन आएपछि मात्रै उडान नियमित हुने बताए । अहिले जहाज नियमित नहुँदा यात्रुले पटक–पटक असुविधा पाउने गरेका छन् । त्यसले गर्दा पनि सीता एयरसँग सहकार्य अघि बढाएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए । “समयमा जहाज नआउने, नियमित नआउने समस्या छ”, उनले भने, “यसले गर्दा हामीहरु पनि नेपालगञ्ज, भैरहवा जानुपर्ने अवस्था छ, यसको अन्त्य भई हामीले सहज सेवा पाउनुपर्छ भन्ने हो ।”

हाल नेपाल वायुसेवा निगमको १९ सिटे जहाजले हप्तामा आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने गरेको छ । हाल टरिगाउँमै इन्धन डिपो स्थापना भई सञ्चालनमा आइसकेको छ तर भाडा घट्न सकेको छैन । हाल दाङदेखि काठमाडौँको न्यूनतम रु आठ हजार आठ सय दश र काठमाडौँदेखि दाङको भाडा न्यूनतम रु नौ हजार १० रहेको छ ।

निजी विमान सञ्चालन भएसँगै भाडा घट्ने अपेक्षा गरिएको छ । साथै हाल रहेको सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तारका लागि पहल भइरहेको छ । उक्त विमानस्थलमा केही समय अघि समिट एयरले पनि उडान भर्ने गरेको थियो ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ७ : २९ बजे

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले