४ पुस २०८२, शुक्रबार | December 19, 2025

रवि लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैन : डा. हेम राज शर्मा, उपाध्यक्ष



लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा। हेम राज शर्माले गृहमन्त्री रवि लामिछाने बिरुद्ध सर्वोच्च अदालतले सुक्रवार दिएको फैसलाले एनआरएनहरुलाई कुनै असर नपर्ने बताएका छन् ।

डा. शर्माले फैसलाले ‘गैरआवासीय नेपालीको एक पटकको नेपाली सधैंको नेपाली’ अभियानलाई पूर्ण विराम लगायो, नेपालको सम्पत्ति असुरक्षित हुने भयो, एनआरएनको लागि कालो दिन’ आदि सामाजिक संजालमा आएका प्रतिकृयामा सत्यता नरहेको बताए ।

संघ पूर्व महासचिव समेत रहेका डा. शर्माले भने, ‘कसैलाई राजनीति गर्न मन लाग्यो विदेशी नागरिकता त्याग्ने बित्तिकै नेपालको नागरिकता पुनः प्राप्ति गर्नसक्छ । पहिलेको प्रस्तावित कानूनमा नेपाल फर्केर ५ वर्ष बसेपछि मात्र राजनीतिक अधिकार प्राप्त गर्ने थियो । तर अहिलेको कानून यति धेरै उदार बनाइएको छ कि नेपाल फर्केको भोलिपल्टदेखि नै राजनीतिमा प्रवेश गर्न पाउँछन् । यो उदार व्यवस्थालाई सही किसिमले सदुपयोग गर्न सक्नुपर्छ।’

उनले थपे, ‘प्रश्न नागरिकता पुनः प्राप्ति गर्न सम्बन्धित निकायमा निवेदन दिनुपर्छ वा पहिलेको नागरिकता स्वतः ब्युँतिन्छ भन्ने थियो तर अदालतले निवेदन दिनुपर्छ भन्ने फैसला गरे पछि पुनः नागरिकता लिने बाटो प्रष्ट पारेको छ।’

डा. शर्माले फैसलाले विदेशको नागरिकता लुकाएर नेपाली नागरिकताले नेपालमा घर जग्गा किन्ने लगायतका कारोबार गर्नु गैरकानूनी हुँदोरहेछ भनेर गैरआवासीय नेपालीहरुलाई थप सचेत बनाएको बताए ।

उनले गैरआवासीय नेपालीहरुको सम्पतिको अधिकार प्रस्ताविक गैरआवासीय नेपालीसम्बन्धी ऐनमा विशेष व्यवस्था हुने बताए ।

डा. शर्माले संविधानमा प्रस्तावित गैरआवासीय नेपाली नागरिकता सम्बन्धी व्यवस्थाले नेपालको पैतृक सम्पत्ती, अंशबण्डा, अपुताली लगायतका सम्पत्तिको अधिकार सुनिश्चितता गरेको बताए ।

डा. शर्माले बाहिर बस्ने नेपालीको नागरिकतालाई सम्बोधन गर्न संविधानको धारा १४ मा राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, र सांस्कृतिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको बताए । उनले रवि लामिछानेको विपक्षमा आएको फैसलापछि पनि संविधानमा भएका यी विषयहरु यथावत नै रहने जिकिर गरे ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ९ : ४३ बजे

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह