३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

बद्री केसी समुहको एनआरएन कनक्लेभमा भाग नलिन निर्वाचित एनआरएनएको अपील



काठमाडौं।सर्वोच्च अदालतको परमादेशानुसार गठित उच्चस्तरीय समितिद्वारा काठमाडौंमा आयोजना गरिएको एकता महाधिवेशनबाट निर्वाचित कार्यसमितिले बद्री केसी समूहले काठमाडौंमा आयोजना गर्न लागेको ‘एनआरएनए कनक्लेभ’ नामक कार्यक्रममा भाग नलिन सम्बन्धित सबैलाई अपील गरेको छ।

आइसीसीका नवनिर्वाचित महासचिव बी आर लामाद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा महेश कुमार श्रेष्ठ नेतृत्वको टिमले एकता र सद्भावपूर्ण वातावरण निर्माणको प्रयास गरिरहेको अवस्थामा कसैले पनि यस्तो वातावरण बिथोल्ने र आपसी विश्वासमा आँच पुर्‍याउने कुनै पनि गतिविधि नगर्न अनुरोध गरिएको छ।

‘एकता महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएपश्चात् श्री महेशकुमार श्रेष्ठको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई कार्य गर्न रोक लगाउन माग गर्दै दायर गरिएको रिट निवेदनमा सुनुवाइपश्चात् सम्मानित सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। यसले श्रेष्ठ नेतृत्वको कार्यसमिति नै वैधानिक र आधिकारिक रहेको पुष्टि गर्दछ’, वक्तव्यमा भनिएको छ।

विश्वभर रहेका लाखौँ एनआरएनहरूको भावनाको सम्मान गर्दै, एकता र सद्भाव कायम राख्न सबै पक्षलाई सहयोग र समर्थन गर्न हार्दिक अपील पनि गर्दछौँ, महासचिव लामाद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ११ : ४५ बजे

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये

उद्योग, समाजसेवा र राजनीतिमा उभिएको व्यक्तित्व : चुन्नप्रसाद शर्मा पौडेल

बुटवल । समयको प्रवाहसँगै धेरै मानिसहरू जन्मन्छन् र हराउँछन्, तर

अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक

दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन – प्रचारदेखि आचारसम्म कडाइ

काठमाडौं । निर्वाचन आयोग ले फागुन २१ गते हुने निर्वाचनलाई

रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुथा