१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

बुटवलमा ‘सत्ता संघर्ष’को चर्चा, बहुमतको सरकार ढाल्नुको कारण खोज्न मुख्यमन्त्रीको आग्रह



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संसदीय व्यवस्थामा सरकार बनाउने र गिराउने खेल दुनियाँमा हुने गरेको बताएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तक बारे बिमर्श गर्न आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री गिरीले नेपालमा भने बहुमतकै सरकार गिराउने काम भएको हुँदा त्यसको खोजि हुनु पर्ने बताए ।

मुख्यमन्त्री गिरीले सबै कुराको दोष राजनीतिक दल र नेतालाई मात्र दिनुभन्दा यसो हुनुको भित्री कारणहरु पहिल्याउनु जरुरी रहेको बताए । उनले पुस्तकले सत्ता केन्द्रित राजनीतिलाई उजागर गरेपनि यसको कारणबारे भने मौन रहेको टिप्पणी गरे । उनले बहुमतको सरकार किन गिराउने खेल भयो ? किन सरकारहरु टिक्न सकेनन् ? यसमा भू राजनीतिको प्रभाव छ कि छैन ? जस्ता विषयलाई खोजि हुन जरुरी रहेको बताए । “यो पुस्तकलाई गोरेटो मानेर सत्ता केन्द्रित राजनीतिका कारणहरु खोतलेर अव अर्को कृति प्रकाश गर्न म आग्रह गर्दछु”–उनले भने ।

कार्यक्रममा बोल्दै पत्रकार रामकृष्ण भण्डारीले दुई दशकभन्दा लामो पत्रकारिताका दौरानमा देखे, भोगेका घटना, समाचार संकलनका बेला भएका कुराकानी, टिपोट, फोन संवाद, प्रकाशित पुस्तक, प्रतिवेदन, अन्तर्वार्ता तथा स्वअध्ययन पुस्तक लेखनको आधार भएको बताए । उनलेले १० वर्षको मेहनेत लगाएर आफूले पुस्तक प्रकाशन गरेको भन्दै आफूले पत्रकारिताका दौरानमा देखेका, भोगेका, महशुस गरेका, अनुभव गरेका र विभिन्न नेता एवं व्यक्तिसँगको कुराकानीका आधारमा पुस्तक प्रकाशन गरेको जानकारी दिए ।

पुस्तकमाथि समीक्षा गर्दै विश्लेषक आरसी आचार्यले सरकार बदल्नेमै नेताको चासो देखिए पनि राष्ट्रहित र जनताको पक्षमा काम गर्छौं भन्ने कसैमा पनि सोच नभएका कारण सबैजसो सरकार टिक्न नसकेको विषयलाई पुस्तकमा विवेचना गरिएको बताए । उनले अर्कोपटक प्रकाशनमा ल्याउँदा यसको अझ गहिराइमा पुग्न सुझाव दिंदै तर पुस्तकले समेटेका अधिकांश विषयवस्तु यथार्थपरक रहेको बताए ।

पुस्तकमा ३० वर्षमा २८ सरकार गठन र विघटनसम्बन्धी प्रमुख राजनीतिक घटनाको नालीबेली समेटिएको छ । ०४६ को राजनीतिक परिवर्तनदेखि ०७४ को निर्वाचनबाट बनेका सरकार, राजनीतिक दाउपेच र सत्तासंघर्षमा केन्द्रित रहेको विषयवस्तु कृतिमा समेटिएको छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, नेकपा माओवादी केन्द्रकी नेतृ सोनिया यादव, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले सत्ता संघर्ष नामक पुस्तकले सत्ता राजनीतिको खेललाई उदाङ्गो पारिदिएको बताएका थिए ।

पुस्तकमा मध्यरातमा बहुदल, प्रारम्भमै विग्रह, दासढुङ्गा, आफ्नैमाथि अन्तरघात, संसद् विघटन, निर्णय उल्टिएको रात, कम्युनिष्टको काँधमा पञ्चायतको रजाइँ, कांग्रेसको काँधमा सूर्यबहादुर थापा, किसुनजीमाथि अर्को घात, विन्तिपत्रले बदनाम, नयाँ खेतालाको खोजी, संविधानसभा निर्वाचन, गणतन्त्र घोषणा, प्रधानन्यायाधीशलाई सत्ता, सत्ता स्वार्थको पुनरावृत्तिलगायत शीर्षकमा नेपाली राजनीतिका घटनाहरुलाई उजागर गरेका छन् ।

 

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  २ : ०८ बजे

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास