१९ बैशाख २०८१, बुधबार | May 1, 2024

अल्पमतमा परेका लुम्बिनीका मुख्यमन्त्रीले भने, ‘अल्पमत प्रमाणित भए एक मिनेट पनि सत्तामा बस्दिन’



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट अल्पमत प्रमाणित भए तत्काल सरकार छाड्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको ‘तुलसी ट्रेड टावर’ सिलन्यास कार्याक्रममा पुगेका मुख्यमन्त्री गिरीले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै अल्पमत प्रमाणित भए एक मिनेट पनि सत्तामा नबस्ने बताए ।

उनले आफ्नाबिरुद्ध प्रदेशसभामा अल्पमत प्रमाणित भइ नसकेको तर्क गर्दै प्रदेशसभामा अल्पमतमा परेको कुरा परीक्षण हुन बाँकी नै रहेको जिकिर गरे । ‘अल्पमत भन्ने कुरा प्रमाणित भइसकेको छैन,’ उनले भने ‘प्रमाणित भइ सकेपछि हामी एक मिनेटपनि सत्तामा रहने छैनौं ।’

मुख्यमन्त्री गिरीले आफु अल्पमतमा परिहालेपनि धारा १६८ (३) अनुसार ठुलो दलका हैसियतले एमालेकै नेतृत्वमा नयाँ सरकार गठन हुनु पर्ने बताए । ‘प्रदेश प्रमुख अमिक शेरचन कसरी अगाडि बढ्नु हुन्छ त्यो अलग कुरा हो,’ उनले भने ‘ तर, हाम्रो माग त्यसपछिको नयाँ सरकार धारा ३ अनुरुप गठन हुनुपर्छ भन्ने रहन्छ ।’ लुम्बिनी प्रदेशसभामा सबैभन्दा ठूलो पार्टी नेकपा एमाले हो । १६८(२) अनुसारको सरकारले प्रदेशसभाको विश्वासको मत प्राप्त गर्न नसक्दा १६८(३) अनुसार ठुलो दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्नु पर्ने संबैधानिक व्यवस्था छ ।

गत चैत १२ गते नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले संविधानको १६८ (२) बमोजिमको दाबी गर्दै ५३ जनाको सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेश गरेका थिए । चौधरीको दाबीलाई गैर संबैधानिक रहेको कानुनबिदहरुले बताउँदै आएका छन् ।

केन्द्रमा बनेको नयाँ सत्ता समिकरण सँगै चैत १२ गते नै पुस २७ मा गिरी मुख्यमन्त्री बन्दा समर्थन गरका नेकपा माओबादी केन्द्रसहितका साना दलहरुले समर्थन फिर्ता लिइ सकेको हुँदा गिरी गणितिय हिसावले अल्पमतमा परि सकेका छन् ।

लुम्बिनी सरकारमा अहिले राप्रपा बाहेक एमालेलाई साथ दिएका सबैले समर्थन फिर्ता लिएको छ ।

 

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ५ : ४७ बजे

आज नेपाल र वेस्ट इन्डिज ए बीच तेस्रो खेल हुँदै

काठमाडौं । पाँच खेलको ट्वान्टी-२० शृंखलाका लागि नेपाल भ्रमणमा रहेको

आजको मौसम : लुम्बिनीसहित ३ प्रदेशमा हावाहुरीको संभावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७