६ पुस २०८२, आइतबार | December 21, 2025

राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन हुँदैन : ईश्वर पोखरेल



सिन्धुपाल्चोक । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने बताएकाछन् ।

पोखरेलले अहिले बनेको समीकरण अनुसार नै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै राजनीतिक दलहरुबीच भएको सहमतिलाई अक्षरसः पालना गर्नुपर्ने बताए ।

नेकपा एमाले सिन्धुपाल्चोक मोर्चा सङ्गठनद्वारा आज दोलालघाटमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले चारैतिरको घेराबन्दीका बीचमा पनि एमाले अहिले नेतृत्वदायी भूमिकामा रहेको बताए । एमाले राष्ट्रिय राजनीतिको मियो रहेको उनको भनाइ थियो ।

“एमाले प्रतिकूलतालाई चिर्दै अघि बढेको छ”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने – “यो समीकरणलाई टुट्न र भत्कन दिनु हँुदैन ।” उनले सबैलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए । अहिलेको समीकरण राजनीतिक स्थायित्वका लागि भएको उल्लेख गर्दै पोखरेलले हिजोको कमीकमजोरीबाट अनुभव र शिक्षा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । एमाले मत मिलाउने मात्रै नभई मन मिलाउने पार्टी भएको उनले बताए ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ४ : २४ बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)