२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी


१५ माघ २०७९, आइतबार  

208
Shares

वालिङ । यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त आम्दानी गरेका हुन् ।

सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी ५५ रुपैयाँबाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी ८९ रुपैयाँमा बिक्री भइरहेको उनले बताए । “बगैँचामा रहेको सुन्तला आफैँ टिप्ने र ठेकेदारलाई बजार मूल्यअनुसार ५५ देखि ८९ प्रतिकेजीका दरले बिक्री गरेको हुँ”, उनले भने, “यसबाट हालसम्म करिब ४२ लाखको सुन्तला बिक्री गरिसकेको छु ।”

सुन्तला टिप्नेक्रम जारी रहेको र अझै तीन लाख जतिको सुन्तला बोटमै रहेको उनले बताए । गतवर्ष यही समय (माघको दोस्रो साता) मा प्रतिकेजी १०२ देखि १०४ रुपैयाँका दरले सुन्तला बिक्री भएको थियो । गत वर्षभन्दा यसवर्ष सुन्तला अधिक उत्पादन भएकाले पनि अपेक्षाअनुसार बजार मूल्य नपाइएको हुन सक्ने उनले बताए ।

“गतवर्षका तुलनामा यसवर्ष सुन्तला धेरै फल्यो तर मूल्य बढेन”, उनले भने, “केही समयपछि बिक्री गर्दा राम्रो मूल्य पाइन्छ भन्ने आसले शीतभण्डारमा सुन्तला भण्डारण गरे तर कुहियो, उल्टै घाटा लाग्यो ।” उनले स्याङ्जा शीत भण्डारमा छ सय १७ क्यारेट सुन्तला भण्डारण गरेका थिए । जसमध्ये ३९० क्यारेन्ट सुन्तला कुहिँदा झण्डै सात लाख नोक्सान भएको उनले बताए ।

“हालसम्म सुन्तला बिक्रीबाट ४२ लाख आम्दानी गरे, अझै तीन लाख जति आम्दानी हुन बाँकी नै छ”, उनले भने, “शीतभण्डारमा राखेकोमध्ये ठूलो परिमाणमा सुन्तला कुहिएको छ, नकुहिएको भए त आम्दानी झण्डै रु ५५ लाख आसपास पुग्थ्यो ।”

विसं २०३२देखि तेजनारायण अधिकारीसहित अन्य चार जनाले स्याङ्जामा व्यवसायिक सुन्तला खेतीको सुरुआत गरेका जनाइएको छ । “बुवाले लगाउनुभएको ५०० बोटलाई बिस्तार गरी मैले विसं २०६९बाट संरक्षण गर्दै थप्दै गएँ”, किसान मुक्तिले भने, “अहिले मसँग दुई हजार २०० बोट सुन्तला छन्, तर सबै फलिसकेका छैन, सबैमा फल लाग्दा त करोडमाथि आम्दानी हुन्छ ।”

१४ वर्ष कोरियामा रोजगारी गरेका उनले अहिले सुन्तलाको संरक्षण र बगैँचा विस्तारमा ध्यान दिएका छन् । ‘अधिकारी कृषि फर्म’ दर्ता गरी व्यावसायिक रुपमा सुन्तला खेती गरेका उनको हाल १६० रोपनी क्षेत्रफलमा दुई हजार २०० सुन्तलाका बोट छन् । उनी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनको सञ्चालक समितिको सचिव थिए ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : ४० बजे

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका