२१ बैशाख २०८३, सोमबार | May 4, 2026

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच शिष्टचार भेटवार्ता



काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटमा आपसीहित, दुई देशबीचको सम्बन्ध, चीनले नेपालमा अगाडि बढाइरहेका परियोजनालगायतका विषयमा छलफल भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच एकअर्कालाई बधाई दिँदै सफल कार्यकालको कामना गर्नुभएको भेटमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए ।

नेपालका लागि चिनियाँ राजदूतका रुपमा नियुक्त भएर आएका चेनलाई सफल कार्यकालको शुभकामना दिदै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको जनस्तरको सम्बन्ध थप विस्तार हुने विश्वास प्रकट गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले लामो समयदेखि अगाडि बढ्न नसकेको चक्रपथको कलङ्की–चाबहिल सडकखण्ड विस्तारको कामलाई शीघ्र अगाडि बढाउनसमेत चिनियाँ पक्षलाई आग्रह गरे । चिनियाँ पक्षले आयोजनास्थलमा केही अवरोध रहेकाले त्यसलाई तत्काल हटाइदिन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह गरेको थियो ।

यस्तै चीन सरकारको सहयोगबाट त्यस मन्त्रालयअन्तर्गत अगाडि बढिरहेका अन्य आयोजनाका बारेमा समेत सो अवसरमा सामान्य कुराकानी भएको सचिव शर्माले उल्लेख गरे। सो अवसरमा चिनियाँ पक्षले सहयोगलाई अझै विस्तार गर्ने, भइरहेका परियोजना अगाडि बढाउने र सहयोग गर्ने तथा केही आयोजनाको अध्ययन अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो ।

यस्तै अरनिको राजमार्गको मर्मत र विस्तारमा समेत थप सहयोग उपलब्ध गराउने विषयमा समेत कुराकानी भएको थियो । टोखा–छहरे सुरुङमार्ग, सङ्खुवासभा–किमाथाङ्का सडकखण्डका अलावा सीमानाका खुलाउने विषयमा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ राजदूतको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ११ : ४१ बजे

बुटवलमा स्वच्छ व्यवसाय र स्वस्थ बजारबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको आयोजनामा बुटवलमा स्वच्छ

लिपुलेकबारे भारतको अडान : नेपालको दाबी अस्वीकार, वार्तामार्फत समाधानको प्रस्ताव

नयाँ दिल्ली । भारतले लिपुलेक पासलाई कैलाश मानसरोवर यात्राको ऐतिहासिक

भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका-४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

नृत्यकर्मी संघ नेपाल रुपन्देहीमा नयाँ नेतृत्वलाई पद हस्तान्तरण

बुटवल । नृत्यकर्मी संघ नेपाल, रुपन्देहीको नयाँ नेतृत्वलाई पद हस्तान्तरण