३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा, को कोसँग भेट गर्दैछिन् ?



काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज काठमाडौं आइपुगेकी छिन् ।

दुईदिने नेपाल भ्रमणका क्रममा नुल्याण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता र्नेअमेरिकी राजदूतावासले जनाएको छ ।

नुल्यान्डले भोलि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नेछिन् । यसैगरीएमाले अध्यक्ष केपी ओली र विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भेट्ने कार्यक्रम रहेको छ। उनले परराष्ट्र मन्त्री विमला राई पौड्यालसँग पनि भेट्ने छिन्।

नेपालमा नयाँ सरकार बनेपछि कुनै पनि अमेरिकी उच्चस्तरीय राजनीतिज्ञको यो नै पहिलो नेपाल भ्रमण हो । नुल्याण्डले नेपालको राजनीति परिवर्तन र अमेरिकी सहायोगमा संचालित परियोजनाहरुबारे विशेष जानकारी राख्नेछिन् । यसैगरी उनले अनौपचारिक रुपमा नेपालमा रहेका तिब्बतीहरुलाई पनि भेट्न सक्ने अनुमान गरिएको छ ।

नुल्याण्डले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अवलोकन गर्ने जनाइएको छ । उनले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीका रूपमा शपथ लिएकी थिइन । त्यसअघि उनी वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत थिइन । ।

उपविदेशमन्त्री नुल्यान्ड ब्रुकिङ्स इन्स्टिच्युसनमा गैरआवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा बृहत् रणनीतिक विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहेकी छिन् ।

तेत्तीस वर्षयता अमेरिकी कूटनीतिज्ञ रहेकी उनी अमेरिकी राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री जोन केरी मातहत सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेशमन्त्रीका रूपमा सेवारत थिइन । उनी अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको कार्यकालताका विदेश मन्त्रालयकी प्रवक्ता थिइन भने राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत थिइन ।

उपविदेशमन्त्री नुल्यान्डले सन् २०१० देखि २०११ सम्म युरोपमा पारम्परिक हतियार नियन्त्रण सन्धिसम्बन्धी विशेषदूत तथा प्रमुख वार्ताकारका रूपमा र सन् २००३ देखि २००५ सम्म अमेरिकी उपराष्ट्रपति डिक चेनीको उपराष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा सेवा गरेकी छिन् । उनले ब्रसेल्सस्थित नेटोमा दुई कार्यकालका साथै अमेरिका बाहिर रुस, चीन र मङ्गोलियाका साथै वासिङ्टनस्थित विदेश मन्त्रालयमा विभिन्न ओहोदामा रही काम गरिसकेकी छिन् । उनले ब्राउन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक गरेकी छिन् ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : १९ बजे

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री-वितरणलाई थप

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय