२२ भदौ २०८३, सोमबार | September 8, 2026

धनुषामा हिरासत फोडेर छ जना थुनुवा फरार



जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत फोडेर छ जना थुनुवा फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हिरासतमा रहेका सात जनामध्ये छ जना गएराति फरार भएका हुन् ।

फरार हुनेमा दुई जना हातहतियार, तीनजना शान्ति सुरक्षा र अभद्रव्यवहार, तथा एक जना लागुऔषध मुद्दामा थुनुवा रहेका धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । हिरासतमा एकजना सवारी दुर्घटनाको मुद्दाका थुनुवा मात्र बाँकी छन् ।

इलाका प्रहरीको भवन पुरानो एवं पछाडिपट्टिबाट जीर्ण रहेकाले फोडेर भाग्न सफल भएको क्षेत्रीको भनाइ छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १२ : ४० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार